ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई दक्षिणपन्थी र वामपन्थी अतिवादले सताउने खतरा : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकलाई दक्षिणपन्थी र वामपन्थी अतिवादले सताउने खतरा भएको बताउनुभयो । खाली वामपन्थी अतिवादमात्र हुन्छ भन्ने होइन, दक्षिणपन्थी अतिवाद पनि हुन्छ। दक्षिणपन्थी अतिवादले टाउको उठाउने र सताउने या वामपन्थी अतिवादले पनि टाउको उठाउने र सताउने स्थिति आउने खतरा छ, ​शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै प्रचण्डले भन्नुभयो ,त्यसैले मेरो विनम्र आग्रह के छ भने यो आन्दोलनलाई सामान्य नठानौँ।

सम्बोधनका क्रममा उहाले सबै नेता एउटै त हुन् भन्ने नसोच्न आग्रहसमेत गरे। पार्टीभित्रैबाट आफूलाई असहयोग भयो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपमाथि प्रतिप्रश्न गर्दै दाहालले भने, सरकारको कुन नीति, कार्यक्रम र योजनामा हामीले सहयोग गर्‍यौँ ? आफूहरूको अहिलेको लडाइँ पदका लागि नभई लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भएको पनि प्रचण्डले दाबी गर्नुभयो । प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध सबै एकजुट रहेको उल्लेख गर्दै उहाले हिंसात्मक नभई शान्तिपूर्ण आन्दोलनमा रहेको, तर अहिलेको लडाइँलाई सामान्य रूपमा नलिन आग्रहसमेत गर्नुभयो ।

‘हामी अन्तिमसम्म जान्छौँ, उहाँले भन्नुभयो, ‘मैले यसो भन्दा फेरि प्रचण्ड हिंसात्मक आन्दोलनमा जान्छ कि भन्ने कतिलाई लाग्न सक्छ, म प्रष्ट रूपमा भन्न चाहन्छु(हामी शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा प्रतिवद्ध भयौँ, चुनाब लड्यौँ, म आफैँ तीन पटक चुनाव लडेँ, दुईपटक प्रधानमन्त्री भएँ, त्यसकारण अब फेरि हिंसा, फेरि युद्ध हुँदैन, तर लोकतन्त्र, संविधान र शान्तिको हत्या भयो भने हामी नभए को हुन्छ ? पार्टीको बैठक बसौँ भन्दा नेकपा अध्यक्षसमेत रहेका ओलीले नमानेपछि अन्तरसङ्घर्ष झन् बढ्दै गएको उहाले बताउनुभयो । सरकारले पार्टीको घोषणापत्र अनुसार काम नगरेपछि आफूहरू विरोधमा उत्रिएको प्रचण्डले दाबी गर्नुभयो । ‘पार्टी एकता गरेको भोलिपल्ट देखि नै बहस शुरू भएको हो, पहिलो बजेट र नीति कार्यक्रम नै पार्टीभित्र छलफल नगरी ल्याइयो, प्रचण्डले थप्नुभयो , ‘दोस्रो र तेस्रो बजेट पनि त्यसैगरी आयो, तपाईंहरूले नोट गर्नुभएको छ भने हेर्न सक्नुहुन्छ त्यतिबेला पार्टीका सांसदहरूले संसदमा आफूलाई रोक्नै सक्नुभएन, यो बजेट हाम्रो त होइन, कस्को हो भनेर बोल्नु त भएको थियो, तर गुठी र मिडिया विधेयकलगायत सरकारले ल्याएका विधेयक आम जनता र पार्टीकै इच्छा अनुसारका होइनन्‌।

सरकार गठनको शुरूदेखि नै प्रधानमन्त्री ओली पार्टीबाट निर्देशित नरहेको उहाँले दावी गर्नुभयो । पहिलो, दोस्रो र तेस्रो वर्षको बजेट पनि पार्टीको नीति र घोषणा पत्रअनुसार नआएपछि त्यतिबेलादेखि नै पार्टीका नेताहरूले असन्तुष्टि राख्दै आएको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com