ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुन्छ : माधव नेपाल


एबीसी / संवाददाता

बुटवल, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताउनुभयो । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले बुटवलमा गरेको विरोध सभामा नेता नेपालले २०६२ ६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गर्नुभयो।

‘१५ वर्षअघि २०६२–६३ को आन्दोलनका बेला पनि ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।’

केपी ओलीले कहिल्यैपनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको उल्लेख गर्दै नेता नेपालले ओली सधैं पछाडि बसेर अरुको कुरा काट्ने, बदख्वाँई गर्ने र खुट्टा तान्ने गरेको आरोप लगाउनुभयो । आफूहरुले राम्रो काम गर्नुस्, कम बोल्नुस् भनेको तर ओलीले नमानेको उहाले बताउनुभयो । ‘हामीले हात समाएर हिँडाउन खोजेको थचक्क बस्नुहुन्छ अनि खाली बकबक गर्नुहुन्छ, अगतिला कुरा मात्रै बोल्न जान्नुभएको छ’ नेपालले भन्नुभयो, ‘उहाँलाई रिस उठ्यो पत्रकार, वकिललाई गाली गर्‍यो ।’

ओलीको पक्षमा लागेका नेताहरुलाई लक्षित गर्दै उहाँले ओलीको जालझेलमा परेकालाई आफ्नो पक्षमा आउन आग्रह गर्नुभयो । ‘निर्वाचन आयोग ४ सय ४१ जनाको केन्द्रीय समितिलाई मान्यता दिएको छ, बहुमत केन्द्रीय सदस्य हामीतिरै छन्’ नेपालले भन्नुभयो, ‘साथीहरु ओलीको जालझेलमा पर्नुभएको छ, बाटो बिराउनुभएको छ, खुरुक्क पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ ।’ ओलीमा दृष्टिकोणकै ठूला दोष रहेको उल्लेख गर्दै उहाँले नवौं महाधिवेशनमा पनि जालझेल गरेर जितेका आरोप लगाउनुभयो । ओलीमा झुठ बोल्न अलिकति पनि लाज नमान्ने र अरुलाई घोचपेच गर्दा रमाउने आदत रहेको नेता नेपालको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com