ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार झन् बढ्यो : नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको १ सय १७ औँ स्थानमा


एबीसी / संवाददाता
माघ १५, २०७७ बिहीबार  १ : ३८ बजे

काठमाडौं, १५ माघ । नेपालमा भ्रष्टाचार झन् बढेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार ९आज० संसारभरि सार्वजनिक गरेको रिपोर्टमा नेपालमा भ्रष्टाचार अझ बढेको उल्लेख गरिएको छ । भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको रिपोर्टमा उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले एक सय ८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा लिएको थियो । यसका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको १ सय १७ औँ स्थानमा छ । गएको वर्ष यस सूचीमा नेपाल ११३ औँ स्थानमा थियो । नेपालमा गरिएको सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायहरुको शक्तिकरण, खुला तथा पारदर्शी ठेक्का प्रक्रिया, लोकतन्त्रको रक्षा, नागरिक संस्थाको स्वतन्त्रता, तथ्याङ्क सम्प्रेषण र सूचनामा पहुँचजस्ता सुझावसमेत दिएको छ ।

एक सय ८० देशमध्ये डेनमार्क र न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीको पहिलो नम्बरमा छन् भने सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा साउथ सुडान र सोमालिया रहेका छन् । डेनमार्क र न्युजिल्याण्डले कुल एक सयमा ८८ अङ्क पाएका छन् । सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेका दक्षिण सुडान र सोमालियाले भने १२ अङ्क पाएका छन् ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरि २४ औँ स्थान, माल्दिभ्स ४३ अङ्क प्राप्त गरि ७५ औँ स्थान, भारत ४० अङ्क प्राप्त गरि ८६ औँ स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरि ९४ औँ स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरि एक सय २४ औँ स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरि एक सय ४६ औँ स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरि १६५ औँ स्थानमा रहेका छन् ।

यस्तै, चीन ४२ अङ्क प्राप्त गरि ७८ औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि हरेक वर्ष रिपोर्ट सार्वजनिक गर्दै आएको छ भने यसमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com