ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले कर्मचारीलाई भने– ओलीका साइबर स्यालसँग नडराउनोस् (फोटोफिचरसहित)


एबीसी / संवाददाता

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित नेकपाका दुवै समूह सडकमा आउँदा त्यसको प्रभाव सरकारी कर्मचारीहरुमा पनि पर्न थालेको बताउनु भएको छ । शुक्रबार राजधानीमा आयोजित आमसभामा बोल्दै एउटा समूहका अध्यक्ष प्रचण्डले सरकारी कर्मचारीलाई ओली पक्षले धम्क्याइरहेको बताउनुभयो । उहाले केपी ओलीको धम्कीबाट नडराउन र आन्दोलनलाई सहयोग गर्न प्रचण्डले कर्मचारीहरुलाई आग्रह समेत गर्नुभयो । अब चाँडै जनताको सरकार बन्ने भएकाले ओलीको धम्कीबाट नडराउन प्रचण्डले कर्मचारीलाई आग्रह गर्नुभयो ।

सम्वोधनको साराँस

यो प्रदर्शनमा सहभागी हुने पेशाकर्मी, कर्मचारीहरुको रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरुले , साइबर स्यालले रेकर्ड राख्ने रे , अनि कारबाही गर्ने भनेर धम्की दिएको मैले सुनें । खबरदार कर्मचारीहरु को(को जुलुसमा गए, त्यसको रेकर्ड राख्ने रे १ अरु विभिन्न क्षेत्रमा काम गर्ने पेशा व्यवसायीहरुको पनि रेकर्ड राख्ने रे ,

म यो मञ्चबाट केपी र उनको निरंकुश गुटलाई चुनौती दिन चाहन्छु– गरेर देखाऊ । एउटालाई छोएर देखाऊ ।

सबै कर्मचारी साथीहरु, हिजो तपाईंहरुले गणतन्त्रको आन्दोलनमा जसरी सडकमा निक्लेर पार्टीहरु र नागरिक समाजलाई साथ दिनुभयो र तपाईंहरु गौरवान्वित हुनुभयो, नडराउनोस् । तपाईंहरुलाई छिसिक्क रौं मात्रै हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्ने छौं । भोलिको सरकार फेरि पनि जनताको सरकार हो । छिटै जनताको सरकार आउनेवाला छ । त्यो सरकारले कारबाही त केपी ओली र त्यसको निरंकुश गुटलाई गर्ने छ, कर्मचारीलाई, वीरहरुलाई होइन ।

लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको पक्षमा, न्यायको पक्षमा लड्नेलाई कारबाही रु यो चल्ने वाला छैन । कर्मचारी साथीहरु, तपाईंहरु ढुक्क भएर अगाडि बढ्नोस् । हामी हिसाब राख्छौं । केपीले राखेको हिसाब मिल्नेवाला छैन । केपीले राखेको हिसाबको केही अर्थ हुनेवाला छैन । जो निरंकुशताका विरुद्ध लडाइँ लड्छ, महान त्यही हुन्छ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा जो लड्छ, महान त्यही हुन्छ ।

माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनस्थापना गरिने बताउनुभएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिको अन्त्य गर्दै प्रतिनिधि सभाको पुर्नगठन गरिने बताउनुभएको हो । उहाँले पार्टीले केपी ओली बनाएको भएपनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई पार्टीले सिध्याउने बताउनुभयो । भष्मासुर प्रवृतिको अन्त्यपछि नयाँ ढंगले अघि बढ्ने उहाँको भनाई छ ।

उहाँले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको बताउनुभयो । अध्यक्ष नेपालले अरु राजनीतिक दलहरुले फेरी केपी ओलीसँग मिल्ने हुन कि भन्ने आशंका गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने बताउनुभयो । ओलीसँग मिल्छन् भन्ने भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । आफुहरुले मुल्य र विचारको राजनीति गरेपनि ओली कम्युनिष्ट आदर्शमा सर्मपित नभएको र सिद्दान्तनिष्ठ नभएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिडेको टिप्पणी गर्नुभयो । ओली निर्वाचित व्यक्ति भएपनि संवैधानिक कु गरेको उहाँले बताउनुभयो । नेपाली जनता ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उहाँको भनाई छ । संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राखेपनि ओलीले आफुमा मात्रै शक्ति केन्द्रीत गरेको उहाँले बताउनुभयो । एकाधिकारवादको विरोधमा आफुहरु रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीसँग पार्टी र संसदको बहुमत हिस्सा नरहेपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने भएपनि नरसंहार गरेको अध्यक्ष नेपालको भनाई छ । पार्टीको सम्पूर्ण तह र तप्कामा आफुहरुको अत्याधिक बहुमत भएको र ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेना मात्रै भएको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले सुर्य चिन्ह निर्वाचन आयोगबाट ल्याउने मान्छे आफु जिउँदै भएकोले सुर्य चिन्ह आफुहरुले नै पाउने दाबी गर्नुभयो ।

झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै बरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गर्नुभएको हो । नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उहाँले केपी ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व रहेको बताउनुभयो । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उहाँको भनाई छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उहाँले बताउनुभयो । नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

बरिष्ठ नेता खनालले संसद विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्नेगरेको भन्दै यो राजनीतिक कदम नभई प्रतिगमनकारी कदम भएको बताउनुभयो । प्रधानमन्त्रीले संविधान अनुसार चल्नुपर्ने उहाँको भनाई छ । प्रधामन्त्री ओलीले जनताले स्थिरताको निम्ति दिएको जनादेश विरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको उहाँले बताउनुभयो । उहाँले जनता कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

बरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताउनुभयो । सर्वोच्चले संसद पुर्नस्थापना गर्नुको विकल्प नभएको उहाँको भनाई छ । त्यसैगरी निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उहाँले बताउनुभयो । उहाँले प्रतिगमन नसच्चिएसम्म र केपी ओलीले घोडा नटेकेसम्म कफन बाँधेर सडकमा उत्रिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com