ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाए – वरिष्ठ नेता खनाल


एबीसी / संवाददाता

काठमाडौँ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताउनुभएको छ ।  बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताउनु भएको हो । बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले केही मान्छेहरुलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन त्यो भेला भनेको एउटा गुटको भेला हो । त्यो संविधान विरोधी भेला हो । त्यो लोकतन्त्र विरोधी भेला हो ।

त्यो अराजक मान्छेहरुको भेला हो । त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’ आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलत्कार गरेको समेत वरिष्ठ नेता खनालले बताउनु भएको छ । संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताउनुभयो । प्रधानमन्त्री ओलीमा देखिदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन तर आज आफ्नै हस्ताक्षरलाई उनले बलत्कार गरेका छन् । देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरित उनले अहिले फेरी संसदको विघटन गरेका छन् । संसदको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’

देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरी प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । एक पटक संसद विघटन गरेपछि फेरी चुनाव भएपनि अव बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार राख्ने बताउनुभयो । एक पटकको नजिरमा टेकेर फेरीपनि यस्ता कदम आउने भएकाले संसद पुनरस्थापनाको विकल्पन नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अब मानिलिउँ वैशाखमा चुनाव भयो कुनैपनि बेलामा चुनाव भयो चुनाव भएर सरकार बन्यो भनेपनि कुनैपनि प्रधानमन्त्रीले यो संसद कुनैपनि बेलामा विघटन गर्न सक्छन् । अव यो नजिर हुन्छ । यदी यसलाई नजिरको रुपमा स्थापना गर्ने हो भने हाम्रो मुलुक जसरी विगत ५०÷६०÷७० वर्षसम्म अस्थिरताको सिकार भयो फेरी त्यो अस्थिरताको सिकार हुने दिशातर्फ अगाडि बढ्छ ।’

रानीतिक दल सम्बन्धी ऐनको धारा ३३ अनुसार कुनैपनि दुई पार्टी मिलेर बनेको एकीकृत पार्टीलाई ५ वर्षसम्म फुटाउन नमिल्ने बताउनुभयो । तर फुटाउनै पर्ने परिस्थिति भएपनि संसदीय दलमा र केन्द्रीय समितिमा ४०÷४० प्रतिशत हुनैपर्ने बताउनुभयो । अहिलेको नेकपामा ४० प्रतिशत पनि ओलीसँग नरहेकाले पार्टी फुटाउनै नसक्ने पनि वरिष्ठ नेता खनालले बताउनुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले उग्रबामपन्थी र कहिले दक्षिण बामपन्थी भडकाउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भडकाउ भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भ¥याङ मात्रै बनाएको आरोप समेत लगाउनुभयो । राजा महेन्द्रले देशमा विभिन्न उद्योगधन्दाहरु निर्माण गरी समाजवादसँग मिल्दो काम गरेको तर समाजवादको नारा बोकेर हिँडेको कम्युनिष्ट पार्टीका नेता ओलीले प्रधानमन्त्री भएपछि केहीपनि काम गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले काम भन्दा धेरै गफ गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘धेरै गफ गर्ने, उखान टुक्काहरु हाल्ने, मान्छेहरुलाई लिने, घरघरमा ग्यास चुल्हो ल्याइदिन्छु भन्ने खै कहाँ आयो ग्यास चुल्हो । त्यहिं बालुवाटारमा पनि छ की छैन ग्यास चुल्हो । ग्यास पाइप ।’ प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । ओली कम्युनिष्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको समेत बताउनुभयो ।

संसद विघटनको विषय अदालतमा विचाराधिन रहेपनि आफूहरुले अदालतलाई पर्खेर बस्न नसक्ने समेत वरिष्ठ नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले संघर्षमा जानुको हामीसँग कुनै विकल्प छैन । हामी अदालतले के गर्छ त्यो पर्खेर बस्न पनि सक्थ्यौं तर अदालतले गर्ने कुराहरु के हो भनेर पर्खिने अवस्था हामीलाई भएन । किनभने यो संविधान माथिको अत्यन्त ठूलो आक्रमण हो । संविधान माथिको आक्रमण, लोकतन्त्र माथिको आक्रमण हो । हाम्रो जीवन माथिको आक्रमण हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com