ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्कको अध्यक्ष मुलुकको हैसियतमा खेलेको भूमिकाप्रति पाकिस्तानद्वारा नेपालको प्रशंसा


एबीसी / संवाददाता

काठमाडौं, २५ मंसिर । दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अवरुद्ध शिखर सम्मेलन छिटो आयोजना गर्नका लागि नेपालले गरिरहेको पहलको पाकिस्तानले स्वागत गरेको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेश सचिव सोहेल मोहमदले यस्तो धारणा ब्यक्त गर्नुभएको हो ।

‘सार्क प्रक्रियालाई अगाडि बढाउन सार्कको अध्यक्ष मुलुकको हैसियतमा खेलेको भूमिकाप्रति विदेश सचिवले प्रशंसा गर्नुभएको छ,’ पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । भेटमा नेपाल र पाकिस्तानको बीचमा रहेको बहुआयामिक सम्बन्धको बारेमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ।

सन् २०१४ यता सार्कको कुनै पनि शिखर सम्मेलन हुन सकेको छैन । सन् २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा तय भएको सार्कको १९ औं सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो । यतिबेला सार्कको अध्यक्षता नेपालले गरिरहेको छ भने सार्क सम्मेलनको आयोजक मुलुक पाकिस्तान हो । नेपालले सार्क सम्मेलन सकेसम्म चाँडो गर्नका लागि अन्य सदस्य मुलुकहरुसँग आग्रह गरिरहेको छ तर सहमति जुट्न सकेको छैन ।

काठमाडौंमा सन् २०१४ मा सम्पन्न शिखर सम्मेलनपछि नियमित रूपमा पाकिस्तानमा हुनुपर्ने शिखर सम्मेलन अहिलेसम्म हुन नसकेपछि सार्क कोमामा गएको हो । सार्क कोमामा जानुपछाडिका प्रमुख कारणहरू भारत र पाकिस्तानबीच देखिएका आन्तरिक समस्याहरू नै प्रमुख हुन् । त्यसो त सार्कको स्थापना नै शंकाको आधारमा भएको हो । त्यही भएर सुरुआतीका दिनदेखि आजसम्म नियमित शिखर सम्मेलनबाहेक यसले खासै उल्लेखनीय भूमिका निर्वाह गर्न सकेको छैन ।अहिले कोरोनाले ल्याएको मानव विपद्ले बेहोसजस्तै भएको सार्क ब्युँझिहाल्ला भन्न सकिने अवस्था देखिँदैन । नियमित रूपमा सम्मेलन भइदिएको भए सार्कको अध्यक्ष मुलुक पाकिस्तान हुँदै यतिवेला श्रीलंका हुनुपर्ने थियो ।

सार्कको २०औँ सम्मेलन श्रीलंकामा सम्पन्न भएर ०७७ मा अफगानिस्तानले सम्मेलन आयोजना गर्ने अवस्था हुन्थ्यो । ०७३ कात्तिकमा पाकिस्तानमा १९औँ सम्मेलन सम्पन्न हुन्थ्यो भने ०७५ कात्तिक÷मंसिरमा श्रीलंकाले सम्मेलन सम्पन्न गरिसक्नुपर्ने थियो । तर, भारत र पाकिस्तानको विवादका कारण १९औँ सम्मेलन नै अनिश्चित छ । 

काठमाडौंमा १०–११ मंसिर ०७२ मा सम्पन्न सार्कको १८औँ शिखर सम्मेलन (१०–११ मंसिर २०७१) ले ०७३ कात्तिक २४ र २५ गते पाकिस्तानमा १९औँ सम्मेलन गर्ने र नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर, सम्मेलनको मितिभन्दा दुई महिनाअघि (२ असोज ०७३) भारतको उरीमा १९ जना भारतीय सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । त्यसपछि रोकिएको सार्क सम्मेलन भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएका कारण अझै अनिश्चित छ । १९८५ डिसेम्बरमा सात राष्ट्र रहेर स्थापना भएको सार्कमा सुरुमा सात मुलुक रहे पनि सन् २००७ अप्रिलमा १४औँ शिखर सम्मेलनबाट अफगानिस्तान थपिएको थियो । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । युरोपियन युनियन, चीन, जापान, इरानसहित सार्कका नौवटा पर्यवेक्षक मुलुक छन् । सार्क सचिवालयमा महासचिवबाहेक आठै देशका निर्देशक (उपसचिव तहका) कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com