ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रसंघको विशेष सेसनमा प्रधानमन्त्री ओली : ‘भ्याक्सिन विश्वब्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ’


एबीसी / संवाददाता
मंसिर १९, २०७७ शुक्रबार  ७ : २१ बजे

काठमाडौं, १९ मंसिर । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघ महासभाको कोराना महामारीबारे विशेष सेसनमा सम्बोधन गर्नुभएको छ । न्युयोर्क समय अनुशार विहिवार दिउसो ओलीले पहिले नै रेकर्ड गरिएको भिडियोबाट सम्बोधन गर्नुभएको हो ।

ओलीले वर्तमान महामारी स्वास्थ्य संकट मात्र नभएर यो राष्ट्रहरू बीचको बढ्दो असमानता र प्रकृतिसँग मेलमिलाप गर्न मानवताको विफलताको बिरूद्ध वेक अप कल भएको बताउनुभयो । ओली भन्नुभयो – ‘हामी सबै समान अग्निप्रलयमा छौं। हामी मध्ये कसैलाई लाग्न सक्छ कि हामी सुरक्षित छौं । तर त्यस्तो छैन। सबै खतरामा छन्।’

महामारीले अमूल्य पाठ सिकाएको बताउँदै ओलीले यो संसार सानो डुंगा भएको र सबैजना त्यसका यात्रु रहेको ओलीले बताउनुभयो । उहाले भन्नुभयो – ‘हामीले मन पराएपनि नपराएपनि हामी सबैको भाग्य एउटै साझा हो ।’

अरुदेशहरु जस्तै नेपाल पनि महामारीको यो स्तरका लागि तयार नरहेको ओलीले बताउनुभयो । तर भाइरसलाई नियन्त्रण गर्न सबै राजनैतिक, आर्थिक, मानव, र प्राविधिक संसाधनहरू परिचालन गरेको उनले दावी गरे । आफुहरु व्यक्तिको जीवनरक्षा र स्वास्थ्य प्रणालीको सवलताको उद्देश्यबाट निर्देशित रहेको समेत उहाले बताउनुभयो । गरिबहरुलाई कोरोना परीक्षण र उपचार निशुल्क गरिएको तथा संघीय, प्रान्तीय, र स्थानीय स्तरमा स्वास्थ्य प्रणालीको लागि आवश्यक पूर्वाधार, मानव र वित्तीय स्रोतहरू र चिकित्सा उपकरणहरू सुनिश्चित गरिएको ओलीले बताउनुभयो । झण्डै शुन्यबाट सुरु गरेर अहिले देशभरका ६८ वटा ल्याबमा पीसीआर परीक्षण सुविधा विस्तार गरेको उहाले बताउनुभयो । ७० भन्दा धेरै अस्पताललाई कोभिड १९ अस्पताल तोकिएको पनि उहाँले बताउनुभयो।

सबै ७५३ स्थानीय स्तरमा आधारभूत स्वास्थ्य सुविधा सहितका अस्पताल निर्माणको दिशामा अगाडि बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो । त्यस्तै कोभिड १९ सम्बन्धित ४८ सेट निर्देशिकाहरु तयार पारेको समेत उहाले जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘स्वास्थ्य संस्था, व्यक्ति, जनसंचार माध्यम, सोशल मिडिया र स्वास्थ्य मन्त्रालयले दैनिक ब्रीफिंग मार्फत स्वास्थ्य प्रोटोकल, सुरक्षा र सरसफाइको बारेमा जनचेतना जगाउने काम विशेष उपयोगी भएको छ।’

महामारीका बेलामा राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनको विश्वब्यापी समन्वय र नेतृत्वदायी भूमिकाको ओलीले प्रशंसा गर्नुभएको छ । महामारीलाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र एकताबाट पछाडि हट्ने बहाना बनाइन नहुने उहाले बताउनुभयो । विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो अर्थव्यवस्था स्थिर राख्न र ऋण संकटलाई समाधान गर्न अझ बढी सहयोगको खाँचो पर्ने ओलीले बताउनुभयो । भ्याक्सिनको बारेमा आएको राम्रो खबरबाट उत्साहित भइरहदा सबैका लागि उपलब्ध हुने नहुनेबारे अनिश्चितता बढेको पनि उहाले बताउनुभयो । सबै धनी र गरिब मुलुकलाई भ्याक्सिनको पहुच कायम गर्नका लागि ल्याइएको कोभ्याक्स कार्यक्रमको ओलीले प्रशंसा गर्नुभयो। विश्वब्यापीरुपमा खोप वितरण सुनिश्चत नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने उहाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘सम्पूर्ण मानवता संकटमा रहेको बेला जीवन बचाउने भ्याक्सिन नाफा कमाउने माध्यम हुन नसक्ने कुरामा हामी दृढ विश्वास गर्छौं । ती सबै व्यक्ति र देशको पहुच र क्षमता पुग्ने विश्वब्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ ।’

– ‘वर्तमान संकटले समाजको रक्षा गर्न जीवन बचाउने र विश्वव्यापी एकताको साँचो प्रतिबद्धताको माग गर्दछ। हामी विचलित हुनु हुँदैन। हामीले एउटा समुदाय, एक सभ्यता र एक विश्वको रूपमा कार्य गर्नुपर्दछ।’ उहाँले भन्नुभयो । कोरोना महामारीबारेको विशेष सेसनमा ३७ देशका प्रमुख र ३९ जना सरकारका प्रमुखसहित विश्वका १५५ नेताहरुले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com