ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो


एबीसी / संवाददाता

काठमाडौँ, १८ मंसिर ।  विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ लाखभन्दा धेरैको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वका ६ करोड ४९ लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण भएकामध्ये चार करोड ५० लाखभन्दा धेरै निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक करोड ४३ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ७९ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रभावितको दोस्रो नम्बरमा रहेको भारतमा ९५ लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३८ हजार ६ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । विश्वका १३ वटा देशमा १० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारीको रुपमा रहेको छ । पछिल्ला दिनमा धेरै देशहरुमा महामारीको दोस्रो लहर चलिरहेकोले अहिले नयाँ सङ्क्रमित थपिने तथा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ ।

यसैबीच कोरोना भाइरसविरुद्ध बनिरहेको खोपले पाएको सफलताले भने आशा बढ्दै गएको छ । बुधबार मात्रै फाइजर कम्पनीले बनाएको कोरोना खोपलाई बेलायतले प्रयोगका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com