ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक


एबीसी / संवाददाता
मंसिर १६, २०७७ मंगलबार  ४ : ४९ बजे

काठमाडौँ , १६ मंसिर । सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुन बस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

आजको बैठकमा कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए ।

प्रवक्ता श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।

अव नेकपाको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको छ । दुवै मिलाएर एकीकृत प्रस्ताव बनाउने वा टुंगाउनका लागि बहुमत–अल्पमतको सहारा लिने भन्ने नयाँ अध्याय सुरु भएको छ ।
एक–अर्काप्रति निकै संगीन आरोपसहित दुई अध्यक्षले प्रस्ताव अगाडि सारेपछि दुवै प्रस्ताव कसरी टुंगाउने भन्नेमा दुवै समूहमा आ–आफ्ना बुझाई छन् । औपचारिकरुपमै आएकाले दुवै प्रस्तावमाथि अब मंसिर १६ को सचिवालय छलफल सुरु भएको छ । अव मंसिर १८ को स्थायी कमिटी र अन्तिममा मंसिर २५ को केन्द्रीय कमिटीमा छलफल हुने छन् ।

‘दुवै अध्यक्षका प्रस्ताव राजनीतिक र व्यक्तिगत आरोपहरुले भरिएका छन् । दुवैलाई मिलाएर लेख्न सम्भव छैन । तर, पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी हुँदै संसदीय दलमासमेत बहुमतमा रहेका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह यसपालि ओलीमाथि बहुमतको दबाब बनाउने योजनामा छ । शनिबारको सचिवालय बैठकमा पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय सबैले मान्नु पर्ने धारणा राखेका ब्यक्त गर्नुभएको थियो । ओली आफैंले पनि सचिवालय बैठकमा बहुमत–अल्पमतमा जाने भए पार्टी एकता भन्दा अगाडि फर्कनुपर्ने धारणा राख्नु भएको छ ।

‘विधि पद्धतिको नाममा अहिले बहुमत–अल्पमत महाधिवेशन नभएसम्म म मान्दिनँ । विधिबाट पार्टीलाई चलाउने हो भने महाधिवेशनमा पुर्‍याउँ । बहुमत र अल्पमत गर्ने हो भने २०७५ जेठ २ गतेमा फर्किउँ,’ शनिवारको बैठकमा अध्यक्षओली आफ्नो भनाई राख्नु भएको थियो । प्रधानमन्त्री ओलीले त अध्यक्ष प्रचण्डको प्रस्तावलाई आरोपपत्र भन्दै सचिवालयबाटै खारेजको माग गर्नुभएको छ ।
मूलत स् भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली गम्भीर नभएको आरोपसँगै नेकपामा पछिल्लो विवाद जन्मेको हो । विवाद बढ्दै जाँदा बैठक बोलाउने विषयमा समेत मतभेद भएपछि कार्तिक २२ मा अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु वरिष्ठ नेताद्धय खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाएका थिए ।

पाँच सदस्यको पत्रको प्रधानमन्त्री ओलीले मंसिर २५ मा जवाफ लेख्नुभएको थियो। आफुलाई सम्बोधन र अन्य सदस्यलाई बोधार्थ दिएर प्रधानमन्त्री ओलीले लेखेको पत्रको अध्यक्ष प्रचण्डले २८ कात्तिकको सचिवालय बैठकमा जवाफी पत्र बुझाएका बुझाउनु भएको थियो । त्यसै दिन नै अध्यक्ष प्रचण्डलेले १९ पेजको राजनीतिक प्रस्ताव पेस गरेपछि अर्को सचिवालय बैठक मंसिर ३ का लागि तय भएको थियो ।

मंसिर ३ को बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको पत्रको जवाफ लेख्न दस दिनको समय मागेपछि मंसिर १३ सम्मका लागि बैठक स्थगित भएको थियो । त्यसैअनुसार शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेस गर्नुभएको थियो । यसरी पत्रचारबाट सुरु भएको विवाद राजनीतिक प्रस्तावसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

सम्बन्धित

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

चुनावी तयारी तीव्र, उम्मेदवार जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

मधेशबाट संसदसम्म काठमाडौंको राजनीतिक बहस बदल्ने गगन थापाको संकेत

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com