ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत


एबीसी / संवाददाता

काठमाडौं, १५ मंसिर ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको देशको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध भएर लागिपरेको बताउनुभएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२ औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

सरकारको सामथ्र्यका आधारमा देशका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।

उहाँले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक पालिकामामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने योजना अनुसार आज देशभर नै शिलान्यास गर्न लागिएको जानकारी दिनुभयो । यस कार्यका लागि अर्थ मन्त्रालयले रु ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ ।

स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो । उहाँले कम बोल्ने र बढी भन्दा बढी काम गर्ने पहलमा आफू रहेको बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्न आफू आतुर रहेको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरुले विशेष रणनीति तयार पारेको र केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिनुभयो । वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासङ्घले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योग काभिड( १९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताउनुभयो ।

उहाँले कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको स्पष्ट पार्नुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताउनुभयो ।

उहाँले कोभिड(१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेका बताउनुभयो । अध्यक्ष मोरले चालू आवको बजेट तथा मौद्रिक नीतिमा समावेश गरिएका विषयको वस्तुनिष्ठ कार्यान्वयन गर्न माग गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यून गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com