ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा


एबीसी / संवाददाता

काठमाडौं, १५ मंसिर ।  चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति रकम प्रदान गर्ने घोषणा गरेको हो ।

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको प्रमण्डलबीच जङ्गी अड्डाम हिजो अपराह्न भएको द्विपक्षीय वार्तामा दुवै देशका सेनाबीचको विद्यमान सौहार्दपूर्ण मित्रवत् सम्बन्धलाई सुमधुर, मजबुत एवं अझ विस्तार गर्न अतिरिक्त सहयोग स्वरुप त्यस रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

ुयसअघि चीनले १५ करोड युआन बराबरको सैन्य सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउँदै तदनुरुप गर्दै आएको छ, कोभिड(१९ का कारण रोकिएका सैन्य सहयोगको ‘प्याकेज’ले अब निरन्तरता पाउनेछु, विगतमा भएका द्विपक्षीय सहमति र सैन्य सहायता कार्यान्वयन तथा रोकिएका तालीम एवं शिक्षार्थी आदानप्रदानका कार्यक्रम पुनः सञ्चालन गर्न चीनले सकारात्मक जवाफ दिएको जानकारी दिँदै ती अधिकारीले भने ।

आठघण्टाको व्यस्त कार्यतालिका पूरा गरेर इस्लामावाद प्रस्थान गर्नुअघि गृहमन्त्री रामबहादुर थापालाई आफ्नो भ्रमणबारे ‘ब्रिफिङ’ गर्दै रक्षामन्त्री वेइले प्रसन्न मुद्रामा भन्नुभयो, ुम र मेरो प्रतिनिधिमण्डललाई प्रदान गर्नुभएको आतिथ्यताबाट म र मेरो प्रतिनिधिमण्डल ज्यादै प्रभावित भएको छ । हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ एवं उन्नत तुल्याउन मेरो भ्रमण सफल एवं सार्थक रह्यो ।ु

नेपालको विकास प्रक्रियामा हरसम्भव सहयोग गर्न तथा सहयोगका दायरालाई थप विस्तार गर्न चीन प्रतिवद्ध रहेको बताउँदै उहाँले विकासका प्रशस्त सम्भावना भएको नेपाललाई निकटको असल छिमेकीका नाताले सघाउन चीन तत्पर रहेको दोहोर्याउनुभयो ।

उहाँले भन्नुभयो, ुविकास निर्माणका काममा सहकार्य र साझेदारी गरौँ ।ु चिनियाँ विशिष्ट अतिथिले गृहमन्त्री थापालगायत नेपालका उच्च राजनीतिक नेतृत्वलाई बेइजिङमा स्वागत गर्न चीन सरकार आतुर रहेको बताउँदै उपयुक्त समयमा चीनको भ्रमण गर्न मन्त्री थापालाई आग्रह गर्नुभयो ।

आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरेको र त्यसबाट आफू पूर्ण सन्तुष्ट रहेको उहाँले बताउनुभयो । मन्त्री थापाले नेपाली सेनालाई अझ सबल एवं सुदृढ बनाउन थप सैन्य सहयोग प्रदान गर्ने चीन सरकारको निर्णयको स्वागत गर्दै कृतज्ञता व्यक्त गर्नुभयो ।

यसैबीच परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भएका भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको र परम्परागत द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान भएको बताएको छ ।

दुवै भेटमा आपसी हित र चासोका विषयका साथै दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्नेबारेमा पनि छलफल भएको थियो । चिनियाँ रक्षामन्त्रीले आफ्नो देशको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका आयोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताउँदै सम्बन्धित निकायहरुबाट आवश्यक सहयोग एवं सहजीकरणको अपेक्षा आफूले गरेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एक चीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेकामा कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

विकास र समृद्धिका लागि चिरस्थायी मैत्री दर्शाउने चीन(नेपाल रणनीतिक साझेदारीयुक्त सहयोगमा रचनात्मक योगदान गर्न तथा आपसी सहयोग एवं सम्पर्क विस्तारका साथै दुवै देशको उच्च नेतृत्वबीच भएका महत्वपूर्ण सहमति(समझदारीको कार्यान्वयनका निम्ति नेपालसँग सहकार्य गर्ने अभिलाषा पनि उहाँले व्यक्त गर्नुभयो ।

गएको वर्ष असोजमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा प्रधानमन्त्री ओलीबाट भएको चीनको भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता पनि भेटवार्तामा भएको थियो । चीन–नेपाल सम्बन्धलाई अग्रगामी तुल्याउन, दुवै देशका जनतालाई विकासका वर्हत् प्रतिफलबाट लाभान्वित बनाउन र यस क्षेत्रको विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्दै नेपालसँग सहकार्य गर्न आफू तत्पर रहेको सन्देश मन्त्री वेइले दिनुभएको छ ।

हिजो बिहान रक्षामन्त्री वेइले विमानस्थलमा मन्त्री थापासँगको सङ्क्षिप्त वार्तालापमा नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको थियो ।

साथै उहाँले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गर्नुभएको थियो । उहाँको यही भनाइलाई आज थप पाँच करोड युआन प्रदान गर्ने घोषणाले पुष्टि गरेको छ ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायतले बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com