ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपीएल : राजस्थान ५७ रनले पराजित, शीर्ष स्थानमा मुम्बई


एबीसी न्यूज
आश्विन २१, २०७७ बुधबार  ६ : ५९ बजे

 

काठमाडौं, २१ असोज । मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८।१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।

राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् ।पहिलो ओभरको दोस्रो बलमै ओपनर यशस्वी जैसवाललाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिएन फर्काए । जस्प्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा कप्तान स्टिभ स्मिथलाई ६ रनमा आउट गरे ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा सन्जु स्यामसन रोहत शर्माबाट शून्यमा क्याच आउट भए ।पाँचौ विकेटका लागि दुई इंग्लिस ब्याट्सम्यान बटलर र टम करनले ५६ रनको साझेदारी गर्दै झिनो आशा जगाए पनि जित सम्भव भएन ।१५औं ओभरको चौथो बलमा करनलाई आउट गराए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।मुम्बईलाई बलियो योगफलमा पुर्‍याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४।५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो ।जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com