ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपीएल : दिल्ली र बैंगलोरको तेस्रो जित, नाइट राइडर्सलाई १८ रनले पराजित


एबीसी न्यूज
आश्विन १८, २०७७ आईतबार  ७ : ०० बजे

 

काठमाडौं, १८ असोज । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेका छन् ।

सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रनमा समेटियो ।

कोलकाताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इयान मोर्गनले ४४ रन जोड्दा राहुल त्रिपाठीले ३६ रन बनाए ।

शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए । कप्तान दिनेश कार्तिक ६ रनमा आउट भए ।

दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १र१ विकेट लिए ।

दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा दिल्लीको टिममा नपरेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयर र पृथ्वी शाले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए । पृथ्वी ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए ।

जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ६ अंक भए पनि बैंगलोर रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

शनिबारकै पहिलो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

आबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै देभदुत पड्डीकलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्स १२ रनमा अविजित रहे । आरोन फिन्च ८ रनमा आउट भए ।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १र१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । यस्तै जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।

रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

भदौ २४ को घटनामा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com