ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकभर कोरोना संक्रमणको दर घट्दै पनि उपत्यकामा वृद्धि कारण यस्तो (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १५ साउन ।  गत जेष्ठ–असारको तुलनामा कोभिड–१९ संक्रमितको दर साउन महिनामा मुलुकभर घट्दै गएता पनि उपत्यकामा संक्रमित हुने दर वृद्धि भै रहेको छ । पछिल्लो १० दिनको तथ्याङंक हेर्ने हो भने पनि काठमाडौं उपत्यका ३ जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा लकडाउन अन्त्य भए संगै कोभिड–१९ संक्रमितको दर बढ्ेको देखिन्छ ।

गत साउन ४ गते ३ जना संक्रमित पुष्टि भएको उपत्यकामा साउन १३ गते एकैदिन ४० जना कोभिड–१९ संक्रमित पुष्टि भएको छ । तथ्याङंक हेदा साउन १० गते बाहेक अन्य सबै दिन संक्रमित उकालो लागेको छ । साउन ५ गते ३ जना,साउन ६ गते ९ जना, साउन ७ गते पुन ३ जना, साउन ८ गते ९ जना, साउन १० गते ३ जना, साउन ११ गते ८ जना, साउन १२ गते ६ जना, र साउन १४ गते १५ जना संक्रमित पुष्टि भए संगै उपत्यकामा कोभिड संक्रमित बढ्ने क्रममा रहेको आंकलन गर्न सकिन्छ ।

उपत्यकामा लकडाउन अन्त्यसंगै यसरी दिनानुदिन संक्रमित वृद्धि भै रहदाँ जनस्वास्थ्यविद्हरुलेनै संक्रमण समुदाय स्तरमा पुगिसकेको आशंका गर्न थालेका छन् । तर,यता स्वास्थ्य मन्त्रालयलेभने संक्रमण समुदाय स्तरमा नफैलिएको बरु मुलुकभर संक्रमण घट्दै आएकोे बताउदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमण समुदाय स्तरमा नगएको तर नागरिकहरुले साबधानी अपनाउनुपर्ने भन्दै माक्स, सेनिटाईजरको प्रयोग संगै सामाजिक दुरी कायम गर्दै अत्यावश्यक काम गर्न र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन सुझाउनु भयो ।

संक्रमित घट्न थालेको र जोखिम कम भएको महसुस गर्दैै सरकारले गत बुधबारदेखि लकडाउन अन्त्यको घोषणा गरेको थियो । मुलुकभर लकडाउन अन्तसंगै कोभिड—१९ संक्रमितको संख्या क्रमशः बढ्न थालेको छ । कतै कतै त एकै ठाउँमा एकैपटक दर्जनौं संक्रमित देखिन थालेका छन् । स्वास्थ्य शिक्षाविद् प्राध्यापक डाक्टर चित्रबहादुर बुढाथोकीले लकडाउन खुकुलो भएपछिका दिनमा कोभिड—१९को संक्रमण अझै बढ्दै गएको दावी गर्नुभयो ।

डाक्टर बुढाथोकीका अनुसार बिचमा सरकारले प्रस्तुत गरेको तथ्यांकमा संक्रमितको संख्या घटेको देखाएता पनि यर्थाथमा संख्या घट्नुमा भारतबाट आउने मानिसको संख्यामा कमि आएको र सरकारले परिक्षणको दर घटाएको कारण संक्रमित संख्या कम देखिएको दावी गर्नुभयो ।

लकडाउन खुकुलो भए संगै मानिसको चहलपहल मुलुकभर बाक्दिै गएको छ । जास्वास्थ्यविद्हरुले पनि आम–मानिसले कोभिड—१९लाई सामान्य रुपमा लिएको र होसियारी नअपनाए संक्रमण अझ बढ्न सक्ने अंकलन गर्न थालेका छन् । उपत्यकाकै उदाहरण दिंदै संक्रामक रोग विज्ञ तथा बैज्ञानिक डाक्टर समीरमणि दीक्षितले लकडाउन अन्त्य पश्चात उपत्यकामा संक्रमित बढ्दै जानु समुदाय स्तरमा संक्रमण रहेको सजिलै अनुमान गर्न सकिने भन्दै नागरिकले होसियारी नअपनाउने हो भने अझ भयावह हुने र सरकारले थेग्नै नसक्ने अबस्था आउने जानकारी दिनु भयो । त्यस्तै डाक्टर दीक्षितले सरकारले व्यापक रुपमा समुदाय स्तरमा परिक्षण गर्नु पर्ने धारणा राख्नु भयो ।

मुलुकभर संक्रमित तीव्र बन्दै जाँदा अझ बढि सकस हुने निश्चित छ । सरकारले अत्यावश्यक कामका लागि भन्दै लकडाउन अन्त्य गरे संगै आमनागरिकहरुकोे चहलपहलले अझ बढि भयावह हुने अबस्था आएको छ । यसर्थ नागरिक आफै सचेत बनि अत्यावश्यक काम बाहेक घरबाट सकेसम्म ननिक्लिउ र निस्किनै परे सुरक्षित भएको निस्कनु आवश्यक छ । र सरकारले पनि उपत्यका लगायत मुलुक भर नै परीक्षणलाई व्यापक बनाउन आवस्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com