ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहमतिको अन्तिम प्रयास जारी : सहमति नभए बहुमतका आधारमा अघि बढ्ने प्रचण्ड पक्षको तयारी


एबीसी न्यूज

काठमाडौ, १२ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दुई अध्यक्षबीचको छलफल लगातार निष्कर्षबिहीन बन्न थालेपछि गुटगत भेलालाई तिव्रता दिएका छन् ।

सहमति जुटाएर स्थायी कमिटी बैठक सञ्चालन गर्ने भन्दै पटक पटक स्थगित भएको स्थायी कमिटी बैठकको मिति नजिकिए पनि ठोस सहमति नजुटेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका हुन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरु छलफलमा जुटेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बस्ने स्थायी कमिटी बैठकको रणनीति बनाउन प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका छन् ।

भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत सहभागी रहेको जनाइएको छ । मंगलबारको स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने तयारी भइरहेको छ । यसअघि असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डामा अध्यक्ष केपी ओली र प्रचण्ड सहमत हुन नसक्दा प्रतिवेदन पेश हुन सकेको थिएन । यसअघि स्थायी कमिटी बैठकमा प्रतिवेदन आउन नसकेपछि हलमै बसेर नेताहरुले सात एजेण्डा तय गरेका थिए ।

जसमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकमा दुई अध्यक्षको सम्बोधन, कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताका बाकी काम, एमसिसीलगायतका छन् । प्रतिवेदनमा नयाँ एजेण्डासमेत समेटेर स्थायी कमिटी बैठकबाट पारित गराउने उनीहरुको रणनीति छ ।

बैठकमा सहभागि एक नेताका अनुसार ‘सहमतिको अन्तिम प्रयास जारी छ । सकेसम्म आज पनि दुई अध्यक्षले छलफल गरेर सहमति खोज्ने प्रयास हुनेछ भएन भने बहुमतका आधारमा अघि बढ्नुको विकल्प छैन । सँधै पार्टीमा यो अवस्था हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com