ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्छ : मन्त्री ज्ञवाली


एबीसी न्यूज

काठमाडौं,  १० साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उहाँले सिङ्गो देश एक ढिक्का भएर जमिन फर्काउन अघि बढ्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “मित्रराष्ट्र भारतसँग एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्नेछ ।” वास्तविक नक्सा मात्र बनाएर मात्रै नहुने चर्चा गर्दै मन्त्री ज्ञवालीले जमिन फर्काउन भन्नजस्तो सजिलो नभएको जनाउनुभयो । उहाँले भन्नुभयो, “भन्न त सजिलो छ, नक्सा त जहिले छापे पनि हुन्थ्यो नि, तर प्रक्रियागत ढङ्गले अघि बढ्नुपर्छ सफलतामा पक्कै पुगिन्छ ।”

उहाँले वास्तविक नेपाली भूभागसहितको नक्सा जारी गर्न दह्रो मुटु भएको, राष्ट्रियताको लागि लड्ने एउटा नायक चाहिन्थ्यो, सोहीअनुसार जारी भएको दाबी गर्नुभयो । “कुर्सी जेसुकै होस् तर म राष्ट्रियताका लागि लड्छु भन्ने हिम्मत, कुर्सीबाट हट्न परे पनि आफ्नो भूमि छोड्दिन भन्ने हिम्मत चाहिन्थ्यो”, उहाँले भन्नुभयो । सिङ्गो देश एकताबद्ध भएकाले मात्रै नक्सा जारी सम्भाव भएको पनि उहाँको धारणा थियो । उहाँले नक्साअनुसारको संविधान संशोधन गरिएको क्षण यात्राको शुरुआत मात्रै भएको बताउनुभयो । “जमिनलाई वास्तविकरूपमा भोगचलनमा ल्याउन धेरै काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो ।

मन्त्री ज्ञवालीले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा नेपाल दक्षिण एशियामै प्रभावकारी सफलता प्राप्त गरेको दाबी गर्नुभयो । “दक्षिण एशियामा कोरोनाविरुद्धको लडाइँमा नेपालले प्रभावकारी सफलता प्राप्त गरेको छ”, उहाँले भन्नुभयो ।

उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारी दुई व्यक्तिको पार्टी स्थापना र प्रतिपादित सिद्धान्त जबजको बाटोमा नै अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादको भविष्य उज्ज्वल छ भन्ने मार्गदर्शक नै हाम्रो पनि मार्गदर्शक हो ।” पार्टी एकता जेठ ३ गते नै रोज्नुको कारण महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले एकता भूलचुकमा नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com