ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–मुग्लिङ सडक एकतर्फी रुपमा सुचारु


एबीसी न्यूज

काठमाडौं, १० साउन ।  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर बाटो बनाइएकाले यो सडकखण्डमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका(६ चारकिलोमा पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध सडक रातिदेखि दुईतर्फी नै खुलेको हो । यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे(मुग्लिङ सडकखण्डमा एकतर्फी रुपमा गाडी चल्न थालेका छन् । पहिरोका कारण बन्द यो सडकखण्ड गए रातिदेखि एकतर्फी रुपमा खुलेको हो ।

हिजो दिउँसोदेखि साना गाडी चल्न थालेको यो सडकखण्डमा रातिदेखि भने ठूला र सामान बोकेका गाडी पनि एकतर्फी रुपमा आलोपालो गरी चल्न थालेका इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मौवाखोलामा रहेको पुलको केही भाग मर्मतपछि रातिदेखि सामान बोकेका र ठूला गाडी पनि चल्न थालेका हुन् । अहिले पनि मर्मतको काम भने चलिरहेको छ । मर्मतको काम भइरहेकाले पुल आसपासको क्षेत्रमा चिप्लो तथा जोखिम नै भएको भन्दै गाडी चलाउँदा सावधानी अपनाउन इञ्जिनियर अधिकारीले आग्रह गर्नुभयो । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरोला सडकखण्ड अझै खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो । आर्याभन्ज्याङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ ।

बासुका पाल्पा भन्ने ठाउँमा पहिरो खसेकाले यो सडकखण्डमा गाडी नचलेका हुन् । साँफेबगर(मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ ।

यस्तै पहिरोका कारण बन्द कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । यस्तै बेशी शहर चामे(सडकखण्ड पनि अवरुद्ध छ । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । ठाउँठाउँमा पहिरो गएकाले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ दार्चुला सडकखण्ड पनि अवरुद्ध छ ।

सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ । पहिरोका कारण डुम्रे(बन्दीपुर(सडकखण्ड पनि अवरुद्ध छ । गल्छी–त्रिशुली–मैलुङ–स्याुफ्रुबेशी–रसुवागढी सडकखण्ड पनि साउन १ गतेदेखि अवरुद्ध नै छ । सडक सञ्चालनमा आउन समय लाग्ने सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com