ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी यतिखेर संकटमा रहेको छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी यतिखेर संकटमा रहेको बताउनु भएको छ ।

४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी विधी र बिचारमा चल्न नसकेकोले पार्टीभित्र समस्याहरु देखा पर्न थालेको बताउनु भएको हो ।

उहँले पार्टी सामुहिक नेत्तृव र व्यक्तिगत जिम्मेवारीका दिएर चल्नु पर्ने भए पनि एकताको मान्डेट अनुसार पार्टी चल्न नसकेको बताउनुभयो ।

यद्यपि पार्टी फुटने हो कि भनेर नेता कार्यकर्ताहरु निराश हुनु पर्ने अबस्था भने नभएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीको एकता बिरुद्ध बिचार केन्द्रित भएर छलफल जारी रहेको बताउनुभयो ।

कम्युनिस्ट नेताहरु पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उहाँले भन्नुभयो , ‘अर्काको रगत चुसेर बसेका शासकहरुलाई फ्याकेर ल्याइएको अहिलेको शासन व्यवस्थामा जनता निराश हुँदै गएका छन् । यो संकटको अवस्था हो ।’

पार्टीमा चलेको संघर्ष कम्युनिस्टहरुको नियमित अभ्यास भएको बताउँदै प्रचण्डले ‘कम्युनिस्टमा वर्ग संघर्ष र वैचारिक विवादमा आइरहन्छ । कम्युनिस्ट पार्टीको संघर्ष समाजमा चलेको संघर्षको प्रतिरुप हो । कम्युनिस्ट पार्टीहरु एकता, संघर्ष, रुपान्तरण र फुटसम्म पनि पुगेका छन् ।’ उहाले भन्नुभयो ।

उहाले एकता निश्‍चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा हुने बताउँदै एकता चोचोमोचो मिलाएर नहुने बताउनुभयो । अध्यक्ष प्रचण्डले संघर्षको जगभन्दा बाहिर एकताको माला जपेर पार्टी बलियो नहुने दाबी गर्नुभयो । उहाले एकता, संघर्ष, रुपान्तरणबाट फुटसम्म पुगेमा पनि नयाँ आधारमा नयाँ एकता आवश्यक हुने बताउनुभयो । हामी अहिलेका कम्युनिस्टहरुले संसारभरिको इतिहास हेर्नुपर्छ। आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने क्रममा विभाजनको अवस्था पनि आउन सक्छ, यो कम्युनिस्ट पार्टीको अभ्यास नै हो।’ उहाले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको बताउनुभयो । ‘पुष्पलालले अनेक दुस्ख र हण्डर खाएर पार्टी बनाउनु भएको थियो। २०१४ सालमा विचार, सिद्धान्त र नीतिसमेत उहाँकै पारित भएको थियो। नीति एउटाको पारित हुने तर नेतृत्वमा अर्को हुने समस्या उतिबेलै थियो। आजको समस्या पनि त्यहीँ पो हो कि ’ उहाले प्रश्न समेत गर्नुभयो ।

यस्तै प्रचण्डले पार्टी भनेको बिचार र बिधिको एकरुपता भएको भन्दै पार्टी फुटबाट जोगाउन निरन्तर एकताकै पक्षमा आफु लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com