ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौं, ९ साउन ।  काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियुक्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्राउ गरेको हो । आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसिड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो । टोलीले उनीहरुलाई राति १०ः४५ बजे गार्मेन्टबाटै पक्राउ गरेको हो ।

आफूअनुकूलको काम नमानेकाले एसिड हानेको प्रारम्भिकरूपमा बयान दिएको प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । एसिड प्रहारबाट गम्भीर युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहारलगायत शरीरका विभिन्न अङ्गमा असर पुगेको छ । एसिड हान्ने फैयाज समेत घाइते भएको जनाइएको छ ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/07/113466883_723324975182419_7309871094756549850_n.mp4

 

यसरी भएको थियो घटना

प्रहरीले दिएको जानकारीअनुसार युवती विवाहको तयारीमा थिइन् । अर्कैसँग विवाह गर्ने कुरा मोहम्मदलाई मन परेको थिएन । त्यसैले उनले घटना घटाउन पुगेको जनाइएको छ । पहिले पीडित युवतीकी दिदी सोही गार्मेन्टमा काम गर्दा उनीसँग चिनजान भएको थियो । केही वर्षअघि ती युवतीले पनि छोटो समय गार्मेन्टमा काम गरेकी थिइन् । त्यसपछि युवती होटल ह्यातमा काम गर्दै आएकी थिइन् । पूर्वयोजना मुताविक सहयोगी फैयाजलाई बीच बाटोमा एसिड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीबार मोहम्मदले विभिन्न बहाना बनाई युवतीलाई फोन डायल गरे । निकै कर गरेपछि युवती मोहम्मदले भनेको ठाउँमा आइन् ।

केहीबेर होटलमा बसेर कुराकानी पनि भएको छ । त्यसपछि युवती कोठातर्फ जाँदै गर्दा बीच बाटोमा लुकेर बसेका फैयाजले एसिड हानेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले अर्कैसँग विवाह गर्न लागेकाले एसिड हानेको प्रारम्भिक चरणमा खुल्न आएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com