ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्– गंगालाल श्रेष्ठ’ (भिडियोसहित)


एबीसी न्यूज
श्रावण ८, २०७७ बिहीबार  ५ : ०१ बजे

काठमाडौं, ८ साउन । २००६ सालमा पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गरेसँगै नेपालमा कम्युनिष्ट आन्दोलनको सुत्रपात भएको हो । झण्डै छ दशकपछि आज नेपाल कम्युनिष्टमय भएको छ । यसको प्रमुख श्रेय पाउनेहरुका लहरमा पुष्पलालको नाम अग्रपंक्तिमा आउँछ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालकोे पुरा नाम पुष्पलाल श्रेष्ठ हो । पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा रामेछाप जिल्लाको भँगेरी गाउँमा बि.सं. १९८१ साल असार १५ गते उहाँको जन्म भएको थियो । पुष्पलाल प्रजातान्त्रिक आन्दोलनका वीर सहिद गंगालालका सहोदर भाइ हुनुहुन्थ्यो । उहाँका बुबा भक्तलाल बि.सं. २००९ सालको अखिल नेपाल न्युन वैतनिक सरकारी कर्मचारीहरुको हड्तालमा अध्यक्ष बन्नुभएको थियो ।

यसबाट के बुझ्न सकिन्छ भने उहाँले राजनीतिक चेतना आफ्नो बुबाबाटै सायद पाउनुभयो । बि.सं. १९९७ सालमा उहाँका दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु एकदिनअघि भद्रगोल जेलमा भेट्न जाँदा गंगालालले “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्“ भन्नुभएको थियो । आफ्नो दाजुको यही शब्द नै कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको मानिन्छ । नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान उच्च रहेको छ । उहाँको राजनीतिक जीवन नेपाली राष्ट्रिय काङ्गे्रसबाट सुरु भएको थियो । पछि कांग्रेसमा किचलो बढ्दै गयो र उहाँलाई सो बाटो मन नपरेपछि उहाँ कम्युनिष्ट आन्दोलन तर्फ लाग्नुभयो । म्याट्रिकसम्म मात्र औपचारिक शिक्षा हासिल गर्नुभएका पुष्पलाल स्वअध्ययनबाटै दर्शनशास्त्र, इतिहास, राजनीति, समाजशास्त्रमा दख्खल राख्नुहुन्थ्यो ।

वि.सं. १९९८ सालमा पुष्पलालले श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो ।

उहाँमा राणा शासन विरुद्ध लड्नुपर्छ भन्ने भावना थियो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ’जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो। लगभग त्यसैताका वि.सं. १९९९ मा भारत दार्जिलिङतिरबाट आएका ज्ञवाली धरणीधरहरूको सकृयतामा ‘अखिल नेपाल वर्गसभा’ स्थापना भएको थियो । जसमा पुष्पलाल पनि संलग्न हुनुहुन्थ्यो । यसले नै पहिला गणतन्त्र नेपाल जिन्दावाद भनेर गणतन्त्रको आह्वान गरेको थियो । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभएको थियो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरेका थिए । यसरी जनताको तर्फबाट पहिलो आन्दोलन गर्ने व्यक्तिको शिर्ष तहमा पुष्पलाल पर्नुभएको छ । पुष्पलालले बि.सं. २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो ।

नेपालमा माक्र्सवादी बिचारधारा भित्राउने पहिले पुस्ताका सीमित ब्यक्तिमध्ये उहाँ एक हुनुहुन्छ । उहाँले २००५ सालमै माक्र्स र एङ्गेल्सद्धारा लेखिएको कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा उल्था गर्नुभएको हो । यसैबाट नेपालमा माक्र्सवादी सिद्धान्त, माक्र्सवादी साहित्यको औपचारिक प्रवेश भयो । यसका साथै उहाँले नेपाली समाजको मातृसत्तात्मक इतिहासको सम्बन्धमा समेत खोज अनुसन्धान गरेर लेख्नुभएको थियो ।

पुष्पलालको विवाह साहना प्रधानसँग भयो । पुष्पलाल बि.सं.२०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ सालमा पार्टीको प्रचार प्रसार तथा संगठन बिस्तार गर्न तेह्रथुम पुग्नुभएको थियो । ०१६ सालमा उहाँले सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको थियो भने सोही वर्ष चीनभ्रमण गर्नुभएको थियो । २०१७ सालमा नेपालमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेपछि पनि पुष्पलाल भूमिगत निर्वासित जीवनमा पनि नेपाल कम्युनिष्ट पार्टीलाई जिवन्त र संगठित गर्न निरन्तर लागिरहनुभयो । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने पहिलो नेता नै पुष्पलाल हुनुहुन्थ्यो । बि.सं. २०१६ सालमा मोहनविक्रम सिंहले पुष्पलाललाई गद्दार घोषणा गरे ।

हुनत् एक आपसमा वैचारिक बिमती हुन बित्तिकै एकले अर्काको विरुद्ध बिषबमन गर्ने परिपाटी कम्युनिष्ट आन्दोलनमा सधैं जीवन्त छ । यद्यपी पुष्पलाललाई गद्दार घोषणा गर्नेहरु नै कम्युनिष्ट आन्दोलनको किनारामा पुगेबाटै पुष्पलालको वैचारिक क्षमता र कार्यशैलीको परिपक्वता प्रमाणित हुन्छ । यतिखेर पुष्पलालको जिवित शरिर छैन । र हिजो गद्दार भन्नेहरुले पनि गल्ती सुधारिसकेका छन् ।

तत्कालीन नेकपा मालेले २०४५ सालमा तेस्रो महाधिबेशनबाट पुष्पलालबारेका पुराना धारणा सच्याएर उहाँ सच्चा कम्युनिष्ट हुनुहुन्थ्यो भन्ने निष्कर्ष निकाल्यो । वामपन्थी चिन्तक श्याम श्रेष्ठ नेपाली हिजो पुष्पलाललाई गद्धार भनिएकोमा कम्युनिष्ट आन्दोलनले माफि माग्नुपर्ने बताउनुहुन्छ । साम्राज्यवाद र सामन्तवादसँग कहिल्यै नझुकेका पुष्पलाललाई गद्धार भन्ने कुनै कारण नरहेको उहाँको भनाई छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको स्थापना गरेर, विचार दिएर र संगठन निर्माण गरेर अतुलनिय योगदान गर्नुभएको पुष्पलालले ०२५ सालमा भएको नेकपाको तेस्रो सम्मेलनमा नेपाली क्रान्तिको विस्तृत विचार जस्तो दूरगामी विचार दिएर पनि पार्टीमा दरिलो पकड राख्न नसक्नु पुष्पलालको साङ्गठनिक सीमा रह्यो । पुष्पलालको थर श्रेष्ठ थियो । तर उहाँ जातपात मान्नु हुन्नथ्यो । जातपातको उन्मुलन गर्नुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता थियो । त्यसैले उहाँले आफ्नो नामको पछाडी कहिल्यै श्रेष्ठ लेख्नुभएन । केवल पुष्पलालको नामले उहाँ प्रसिद्ध हुनुभयो । एक हदसम्म यो जातप्रथा उन्मुलनको निम्ति तत्कालिन समयमा ठुलै क्रान्ति पनि थियो ।

पुष्पलालको निधन बि.सं. २०३५ साल साउन ७ गते ५४ वर्षकै उमेरमा भयो । दिल्लीको गोविन्दवल्लभ अस्पतालमा उहाँको निधन भएको थियो । तत्कालिन सत्ता उहाँको मृत शरिरसँग पनि उत्तिकै डराएको थियो उहाँँको लास पनि नेपाल ल्याउन दिएनन् । त्यसैले उहाँको अन्त्येष्टि दिल्लीकै यमुना नदी किनारको निगमबोध घाटमा गरियो । पुष्पलालको अस्तु भएपनि नेपाल ल्याउन चाहिएको थियो अस्तुको निम्ति पनि सत्ताले अनुमती दिएन । यद्यपी उहाँको अस्तु नेपाल ल्याई छाडियो । दिल्लीबाट बनारस हुँदै काठमाडौँ ल्याएर २०३५ साल साउन १६ गते उहाँको दाजु गङ्गालालको दाहसंस्कार गरेकै स्थान शोभा भगवतीमा बिसर्जन गरियो ।

उहाँको अस्तु बिर्सजनमा निकै ठुलो संख्यामा जनताको सहभागिता रहेको थियो । आफ्नो जीवनकालको ३८ वर्ष सव्रिmय राजनीतिमा लागेर २२ वर्ष त प्रवासी जीवन बिताएरै उहाँको जीवनको आरोह अवरोह बित्यो तर उहाँ आफ्नो मिसनमा निरन्तर क्रियाशिल रहनुभयो । पुष्पलाल संयुक्त जनआन्दोलनका सूत्रपातकर्ता,गणतन्त्र नेपालको नारा उठाउने प्रथम नेता हुनुहुन्थ्यो । सादा र परिश्रमी जीवनशैलीमा रमाउनुभएको उहाँ स्वच्छ छविको हुनुहुन्थ्यो ।

आज नेपालमा कम्युनिष्ट पार्टी यत्रतत्र छन् । बहुमत सहित संसदीय दल र सरकारमा कम्युनिष्ट पार्टी छ । प्रतिपक्षमा पनि संसद बाहिर आधा दर्जन संख्यामा कम्युनिष्ट पार्टीहरु छन् । आज कम्युनिष्ट पार्टीहरु बिचार, सिद्धान्त र आदर्शबाट स्खलित हुँदै गईरहेका छन् । पुष्पलालबाट नेताहरुले केहि सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com