ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सलहको झुण्ड तत्कालै नेपाल नआउने : सलह भगाउन विज्ञको सुझाव यस्तो


एबीसी न्यूज

काठमाडौं, ८ साउन । भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड तत्कालै नेपाल आउने सम्भावना टरेकोे छ ।

राजस्थान, उत्तर प्रदेशलगायतका ठाउँमा पानी परिरहेकाले एक दुई दिनको लागि नेपाल आउने सम्भावना नदेखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो । अहिले सलहको झुण्ड राजस्थान र उत्तरप्रदेशमा छ । सीमावर्ती क्षेत्रमै भएकाले किसानलाई चनाखो भने भइरहन र पूर्वतयारी गरिराख्न सुवेदीले आग्रह गर्नुभएको छ ।

हावाको गति तीव्र भएको र सलहको झुण्ड धेरैको संख्यामा भएकाले सम्बन्धित विज्ञको छलफलपछि किसानलाई सावधानी रहन आग्रह गरिएको तर राजस्थान आसपासको क्षेत्रमा ठूलो पानी परेकाले नेपाल छिर्न नसकेको उहाँको भनाइ छ ।

पानी पर्न कम भएपछि भने नेपाल आउने सम्भावना कायम नै भएको उहाँले जानकारी दिनुभयो ।

पानी पर्न कम भएमा सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्न सक्छ । यसैबीच साउन १ गते दिउँसो बाँकेबाट नेपाल छिरेको सलह गुल्मी तथा प्युठानतिर पुगेको जानकारी आएको सुवेदीले बताउनुभयो ।

सलहले विशेष गरी तरकारी बालीमा केही क्षति गरेपनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी गरेको छैन । सलह भगाउनका लागि धुवाँ बाल्ने, ध्वनी जगाउने, ढ्याङ्ग्रो ठोक्ने, थाल ठटाउने गरेर ठूलो आवाज निकाल्न विज्ञको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com