ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशैभरि दर्जनौ स्थानमा बाढी पहिरो, जोखिममा यात्रा नगर्नुस् – सडक विभाग


एबीसी न्यूज


काठमाडौं, ६ साउन । शनिवारदेखि अविरल वर्षातका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ ।

सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरुमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको बताए । विभागले देशभर १९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउन प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाका अनुसार सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्‍याएका सडक मर्मतको काम गरिररहेको छ । तर, लगातार भइरहेको वषरका कारण प्रयासहरु सफल हुन नसकेको महानिर्देशक शर्मा बताउनुभयो ।

पृथ्वी राजमार्ग केही दिन अझै नखुल्ने

सडक विभागका अनुसार काठमाडौं भित्रिनेरबाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर नदी खोला बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न असहज भएको समेत शर्माले बताउनुभयो । ‘खोला नियन्त्रण गर्नुपर्ने भएकाले पानी नरहेसम्म काम थाल्न सकिने अवस्था छैन, काम थालेको दुई दिनसम्म पृथ्वीराजमार्ग खोल्न सकिँदैन,’शर्माले भन्नुभयो ,’तर, हाम्रो टोली त्यहाँ पुगेको छ । के गर्न सकिन्छ भनेर हेर्दैछौं ।’

विभागका डिभिजन इन्जिनियरसहितको टोली मोवाखोला पुगेको छ । तर, चितवन र धादिङ दुबैतर्फका सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले टोली त्यतै रोकिएको छ ।

मंगलवार विहानपनि मुग्लिन–नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ । विभागले पन्छाइरहेपनि पहिरो खस्ने क्रम रोकिएको छैन ।

विभागले नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ । तर, त्यसभन्दा अघिको बाटोको पहिरो हटाउन सकिएको छैन । दिनभर कृष्णभीरदेखि जवाङखोलासम्मको पहिरो हटाउन थालिने महानिर्देशक शर्माले बताउनुभयो । ‘पानी परिरह्यो भने तत्काल पृथ्वी राजजमार्ग सञ्चालनमा ल्याउन कठीन हुनेछ,’ शर्माले भन्नुभयो ,’अत्यावश्यक भएर काठमाडौं आउनैपर्ने भएर त्रिभुवन राजपथको प्रयोग गर्न गर्न सकिने छ ।’ सरकारले ५ दिनसम्म वर्ष जारी रहने बताएकाले विभागलाई सडकमा आवागन सुरु गराउन चुनौती हुने देखिएको छ ।
विभागका अनुसार त्रिभुवन राजपथमा भने ठूला पहिरो खसेका छैनन् । नागढुंगाको नागखोलमा झरेको पहिरो हटाइएको छ ।

काठमाडौं आउने अन्य सकडमा पनि ठाउँ–ठाउँमा साना पहिरो खसेका छन् । विभागले मेसिन परिचालन गर्द हटाइरहे पनि नयाँ पहिरो खसिरहेका छन् ।

काठमाडौं आउने मात्रै हैन, विभिन्न जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा पनि समस्या उस्तै छ । बेनी–जोमसोम खण्डको म्याग्दीको गलेश्वरमा रहेको बेलिब्रिज समेत खोलाले बगाउने अवस्था आएको छ । त्यसबाहेक महाभीरमा गएको ठूलो पहिरो पनि अझै हटेको छैन । यो सडकभन्दा तलबाट बगिरहेको कालीगण्डकले सडकतर्फको भूभाग कटान गरिरहेकाले पहिरोको जोखिम बढेको छ ।

यसैगरी अछामको साँफेबगरबाट बाजुराको मार्तडी जाने सडकमा पनि पहिरोले क्षति पुर्‍याएको छ । यो सडक खण्डको करिब ५ सय मिटर सडक नै खोलाले बगाएको विभागका महानिर्देशक शर्माले जानकारी दिनुभयो ।
बुटवल–तानसेन खण्डको सिद्धबाबामा पनि पहिरो खसेर सडक अवरुद्ध छ । सिद्धबाबा आसपासको क्षेत्रमा पहिरो खसेपछि आइतबारबाट खुलेको सडक फेरि बन्द हुन पुगेको हो ।

त्यस्तै सुर्खेत–जुम्ला सडक पनि केही दिनको पहिरोको अवरोधपछि आइतबारबाट सञ्चालनमा आएको थियो तर, आज विभिन्न ठाउँमा पहिरो खसेपछि सो सडक बन्द भएको छ ।

खहरे खोलाहरु बढेकाले विभिन्न ग्रामीण सडकहरुमा पनि सवारी चल्न सकेका छैनन् । सडकमा पहिरो खसेपछि विभिन्न जिल्लासहित र पालिकाहरुको सडक सम्बन्ध टुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com