ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पहिलो साउने सोमबार : पशुपतिनाथ मन्दिर खुल्ने हो या होइन निश्चित छैन


एबीसी न्यूज

काठमाडौं, ५ साउन ।  आज पहिलो साउने सोमबार । हिन्दु महिलाहरुले विशेष धार्मिक दिनका रुपमा मनाइरहेका छन् ।  साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत लिने गर्छन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा हुने धार्मिक मान्यता छ । साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ ।

यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ । विगतका वर्षहरुमा साउनको पहिलो सोमबार पशुनाथ लगायत देशका विभिन्न स्थानका शिव मन्दिरहरुमा दर्शनार्थी महिलाहरुको भिड लाग्ने गरे पनि पशुपति मन्दिर बन्द रहेको छ । तर, यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपतिनाथ बन्द भएको हो । पशुपतिनाथ साउनभर खुल्ने हो या होइन निश्चित छैन । सरकारले लकडाउन ७ साउनसम्म कायमै राखेको छ । त्यसपछि के गर्ने तय गरेपछि मात्र पशुपतिनाथ खुल्ने नखुल्ने टुंगो लाग्नेछ ।

उता भारतमा पनि उत्तराखण्डमा पर्ने हरिद्वार र ऋषिकेषलगायतका मन्दिरहरु बन्द छन् । उत्तराखण्ड सरकारले हिजो र आज बाहिरबाट मानिसहरुलाई राज्यमा प्रवेश गर्न नै रोकेको छ । हरिद्वारमा आउन खोज्ने भक्तजनहरुलाई रोकेको छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com