ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरन्तर वर्षा, देशभर नै थप सतर्कता अपनाउन जरुरी


एबीसी न्यूज

काठमाडौँ, ५ साउन  । मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका क्षेत्रका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएसँगै विपद्को पूर्वतयारी आवश्यक भएको छ ।

“मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ, काठमाडौँलगायत पहाडी भेगमा मध्यम वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनु आवश्यक भएको बताउनुुभयो ।

उहाँका अनुसार प्रदेश ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ । पश्चिमको कञ्चनपुरसहितका केही स्थानमा कम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मनसुन फेरि सक्रिय हुने पूर्वसूचना दिँदै केही क्षेत्रमा भारी वर्षाको सूचना दिएको छ । सोही अनुसार आउँदो चार दिन केही भेगमा अधिक वर्षा हुनसक्ने औँल्याइएको छ । साथै सम्बन्धित सरोकारवालालाई बाढी, पहिरो र डुबानलगायतका विपद्विरुद्ध पूर्वतयारी थाल्न अपिल गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले साउन ५ देखि ९ गतेसम्म कन्काई, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १, २ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना रहेको जनाएको छ ।

सोमबारदेखि कोसी, नारायणी, महाकाली नदीमा बहाव सतर्कता तह पुग्ने अनुमान गरिएको छ । मङ्गलबार कोसी बढेर तराईमा बाढी र डुबान हुनसक्ने भएकाले पूर्वतयारी गर्न भनिएको छ । अन्य नदीको बहाव उत्तिकै रहने अनुमान गरिएको छ ।

यस्तै सुर्खेतमा एक वर्षअघि स्थापना गरिएको राडार बिग्रिएको झन्डै एक महिनापछि बनेको छ । राडार बिग्रदा वर्षा, बादलसहित मनसुनी क्रियाकलापको सूचना सङ्कलनमा समस्या भएको थियो । वर्षा सुरु नहुँदै बनाउने प्रयास भए पनि बन्दाबन्दीका कारण नसकिएको मौसमविद्हरूले जनाउनुभएको छ तर पछि अलिक खुकुलो भएसँगै प्राविधिक टोली काठमाडौँबाट सुर्खेत पुगेर राडारको मर्मत सम्भार गरेको जल तथा मौसम विज्ञान कार्यालय नेपालगञ्जका मौसमविद् विनोद पराजुलीले जानकारी दिनुभयो ।

राडारले त्यहाँबाट पूर्व अर्घाखाँची र बुटवलसम्म तथा पश्चिम नेपालसहित २२ जिल्लाको समग्र पूर्वसूचना प्रणाली नियमन गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com