ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसँग पराजित


एबीसी न्यूज
असार २४, २०७७ बुधबार  १० : ४० बजे

काठमाडौं, २४ असार ।  सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसँग पराजित भएको छ । गएराति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग ४–२ गोल अन्तरले हार व्यहोरेको हो।

ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसंगै मिलान क्लबले शीर्ष स्थानको युभेन्ट्समाथि पुनरागमन जित निकालेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एड्रियन रोबोट र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाएका थिए ।

सन् १९६१ म पछि रोनाल्डो सिरि ए मा २५ गोल गर्ने पहिलो खेलाडी बने । जुआन कुआड्राडोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले खेल नियन्त्रणमा राखेका थिए ।

तर ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे । थप ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले एसी मिलानलाई ३–२ ले अघि बढाए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई जित दिलाए ।

पछिल्लो खेलमा पराजित भएसँगै युभेन्ट्सले लिगमा स्पष्ट १० अंकको अग्रता लिने अवसर गुमाएको छ ।

मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एसी मिलान चौथो स्थानको एटलान्टा भन्दा १४ अंकले पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com