ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरि ए फुटबलमा युभेन्ट्सको सहज जित


shreedhar Gautam
असार ९, २०७७ मंगलबार  ९ : ५८ बजे

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ ।

कोरोना महामारीपछि सिरि एमा युभेन्ट्सले आफ्नो पहिलो खेलमा तालिकाको बीचमा रहेको बेलोग्नालाई २–० गोल अन्तरले हराएको हो ।

पछिल्लो ८ सिजनको लिग च्याम्पियन युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ ।

रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । म्याथिज डी लिटलाई स्टेफानो डेन्सविलले फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । पाउलो ड्याबालाले ३६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा ड्यानिलोले रातो कार्ड खादै मैदान छाडेपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

ईटालीको फुटबल सुरु भएपछि युभेन्ट्सले दुई खेलमा गोल गर्न सकेको थिएन । कोपा ईटालियामा युभेन्ट्सले एसी मिलानसंग सेमिफाईनलको दोस्रो लेगमा गोल रहित बराबरी खेलेको थियो ।

फाईनल खेलमा समेत नापोलीसंग निर्धारित समयमा कुनै गोल गर्न सकेन । पेनाल्टी सुटआउटमा पराजित भएपछि उसले कोपा ईटालियाको उपाधि समेत गुमाएको थियो ।

सोमबार राति समेत उसले केही गल्तीहरु गर्न पुग्यो । तर विपक्षी बेलोग्नाले कुनै फाईदा उठाउन सकेन । सोही कारण युभेन्ट्सले सिरि एमा लगातार चार खेलमा जित निकाल्न सफल भयो ।

युभेन्ट्स ६६ अंक सहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक छ । बेलोग्ना ३४ अंक सहित १० औं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com