ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको एभर्टनसँग प्रतिस्पर्धा


shreedhar Gautam

काठमाडौं,  ७ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) उपाधि नजिक रहेको लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

लिभरपुल र एभर्टनबीचको मर्सीसाइड डर्बी भिडन्त गुडिसन पार्कमा हुनेछ । डर्बी भिडन्त नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।

कोरोना भाईरसले स्थगित लिग सुचारु पछि लिभरपुल र एभर्टनले पहिलो खेल खेल्न लागेको हो ।

लिभरपुलका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । एभर्टनको मैदानमा जित निकालेमा लिभरपुल उपाधि नजिक पुग्नेछ ।

लिग लिडर लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २२ अंकले अघि रहेको छ । र, उपाधिका लागि लिभरपुललाई दुई जितको आवश्यकता रहेको छ ।

लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । सिटीको ६० अंक रहेको छ ।

यस्तोमा लिभरपुल एभर्टनलाई हराउँदै उपाधिको एक कदम नजिक पुग्न चाहन्छ । लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो ।

तर, बलियो टिम एभर्टनलाई उसैको मैदानमा हराउँन लिभरपुलका लागि चुनौतिपूर्ण हुनेछ ।

एभर्टन पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । ३७ अंक जोडेको लिभरपुल १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आइतबार चेल्सीले एस्टन भिल्लाको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ९ बजे सुरु हुनेछ ।

एस्टनको मैदानमा जित निकाल्दै चेल्सी शीर्ष तीन टोलीसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।

चौंथो स्थानको चेल्सीको ४८ अंक रहेको छ ।

यस्तै अर्को खेलमा न्युकासल युनाइटेडले सेफिल्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com