ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना जितेर खुशी भएका युवालाई नर्सले फूल दिईन्, प्रहरीले हतकडी लगायो (कारण यस्तो)


एबीसी न्यूज
जेष्ठ २१, २०७७ बुधबार  ३ : ४७ बजे

बैतडी, २१ जेठ । कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ति पाएको खुशीमा नर्सले फूल दिएर शुभकामना दिँदै गर्दा प्रहरीले ती युवालाई हतकडी लगाएको छ । युवती हत्याको आरोपमा प्रहरी हिरासतभित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउद बुधबार कोरोनामुक्त हुनेबित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको हो । बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका –२ का २२ वर्षीय युवा अमरसिंह साउद युवती हत्याको अनुसन्धानमा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । मुद्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई कारागार चलानग गर्ने आदेश दिएको थियो । कारागार चलान गर्नुअघि युवामा कोरोना चेकजाँच गर्दा यही जेठ ९ गते युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । युवा गत चैत ६ गते भारतबाट फर्केका थिए ।

भारतबाट फर्केर गाउँकै एक युवतीसँग अमर साउदको प्रेम सम्बन्ध रहेको बताइएको छ । युवती मृत्त अवस्थामा खोलामा फेला परेपछि युवतीका आफन्तले साउदमाथि हत्याको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

कोरोना सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवा जेठ ९ गतेदेखि २१ गतेसम्म जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा रहेको जिल्ला अस्पताल, बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिनुभयो ।

अस्पतालको आइसोलेसनमा रहेका युवाको पहिलो र दोश्रो पीसीआर रिपोट नेगेटिभ आएकोले अस्पतालबाट फूल दिएर डिस्चार्ज गरिएको डाक्टर जोशीले बताउनुभयो ।

अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै २२ वर्षीय युवालाई सम्मानित अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिनुभयो । चन्दले भन्नुभयो, ‘कोरोनामुक्त भएका साउदलाई अदालतको आदेश अनुसार बुधबार नै पुर्पक्षका लागि कारागार चलान गरेका छौँ । ’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com