ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने


एबीसी न्यूज
जेष्ठ २०, २०७७ मंगलबार  ९ : ०८ बजे


काठमाडौं, २० जेठ । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा, वाग्मती, गण्डकी र ५ का नागरिकलाई काठमाडौँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर जिल्लाका तोकिएको सेल्टरमा होल्डिङमा राखेर मात्रै सम्बन्धित प्रदेशको समन्वयमा जिल्ला जिल्लामा पठाउने भएको छ ।

प्रदेश नं १ का नागरिकलाई सल्लाघारीस्थित इम्पेरियर ब्याङ्क्वेट र प्रदेश २ का नागरिकलाई मध्यपुरथिमिस्थित हेरिटेज ब्याङ्क्वेटमा राखिने भएको छ । यसको तयारीको अवस्थाबारे जानकारी दिन आज भक्तपुर आउनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले प्रदेश नं १ र २ का नागरिकलाई राख्ने छुट्टाछुट्टै होल्डिङ सेन्टरको अनुगमन गर्नुभयो । विदेशबाट फर्कनेको समन्वय गर्न सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव संयोजकको जिम्मेवारी तोकेको छ ।

मन्त्रीसँगै सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायकका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतको टोलीलाई जिल्लास्थित सङ्कट व्यवस्थापन समिति ९सिएमसी० र सुरक्षा निकायले जानकारी गराएको थियो । अनुगमनसँगै मन्त्री नेम्वाङले सरकारले छिटोभन्दा छिटो विदेशमा समस्यामा रहेका नेपालीलाई फर्काउने तयारी गरेको बताउँदै भारतलगायत तेस्रो मुलुकबाट ल्याएका नेपालीलाई विमानस्थलबाट तोकिएको होल्डिङ सेन्टरमा राखेर मात्रै प्रदेशको समन्वयमा यातायातको व्यवस्था गरी पठाउने बताउनुभयो ।

अहिले आइपरेको समस्या समाधान गर्न सबैले आ–आफ्नोतर्फबाट जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिँदै उहाँले विमानस्थलबाट होल्डिङ सेन्टरमा ल्याएपछि खाने, बस्ने, स्वास्थ्य, फोटोसहितको फाराम भरेर यातायातको साधनमा राखेर पठाउनेसम्मको सहज व्यवस्थापन गर्न कुनै कमजोरी राख्न नहुने बताउनुभयो । विदेशबाट फर्किएकाको स्वास्थ्यमा समस्या परेमा यहीँको अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने सक्ने, फर्कनेमध्ये कतिपय कोरोनाबाहेक अन्य रोग भएका, महिला, बालबालिकाको सुरक्षाका बारेमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । विदेशबाट फर्कनेको प्रदेश र जिल्लामा कोरोना परीक्षण गर्न नपर्ने गरी सेन्टरमै आरडिटी परीक्षण गरेर पठाउने बारेमा छलफल भइरहेको बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरमा सेनाको नेतृत्वमा हुने व्यवस्थापनको तयारीमा कुनै कमजोरी नहुने विगतका कामहरुले देखाएकाले अहिले पनि कुनै कमजोरी नहुनेमा ढुक्क रहेको बताउनुभयो । सूर्यविनायक नपाका प्रमुख थापा र चाँगुनारायण नपाका प्रमुख मिश्रले भने सेल्टरमा रहने अवधिमा खानेबस्ने एवं स्वास्थ्य जाँचमा समस्या हुन नदिने सङ्घीय सरकारले व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

होल्डिङ सेन्टरमा राख्न गरिएको तयारीका बारेमा जानकारी दिँदै नेपाली सेनाको वीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले नेपाली सेनाको नेतृत्वमा विदेशबाट आएका नागरिकदेखि उनीहरुको सामानको सुरक्षा गर्ने, यहाँ खानेबस्ने व्यवस्थादेखि गाडीमा हालेर पठाउनेसम्मको व्यवस्थामा कुनै कमजोरी नराख्ने बताउनुभयो । विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टिनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुईवटा ब्याङ्क्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टिन, सानोथिमि क्याम्पस लगायतका क्षेत्रका क्वारेन्टिनमा पूर्ण रुपमा मानव अधिकारको पालना गर्नेगरी तयारी गरेको जानकारी दिनुभयो ।

आर्थिक स्रोत जुटाउन समस्या परेको, बालबालिका, रोगी, अपाङ्गहरुको व्यवस्थापन र धेरै दिन राख्नुपर्ने अवस्थामा भने चुनौती आउनसक्ने पौडेलको भनाइ थियो । होल्डिङ सेल्टरमै नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षाफौजले सुरक्षा दिने, एम्बुलेन्स, स्वास्थ्यकर्मीलाई सेल्टरमै राखिने भएको छ । जिल्ला सिएमसीको संयोजक एवं प्रजिअ हुमकला पाण्डेले भक्तपुरले आवश्यक तयारी पूरा गरे पनि खाना, पानी, यातायातका साधनको भाडा लगायतको व्यवस्थापनमा चुनौती आउने र पैसा तिर्न नसक्नेहरुको हकमा कसरी जाने भन्ने बारेमा समस्या रहेको मन्त्री नेम्वाङलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com