ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहासको सत्य र तथ्यका आधारमा वार्ता गरी छिमेकीसँगको सुमधुर सम्बन्ध स्थापित गर्नुपर्छ – प्रवक्ता श्रेष्ठ


एबीसी न्यूज


काठमाडौं, २० जेठ ।  राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि विवादको समस्या कूटनीतिक पहल र वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभयोे ।

“भारतीय कूटनीतिक, राजनीतिक तथा विद्वान्बाट वार्ताद्वारा समस्याको ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्छ भन्ने कुरा आएको छ”, सांसद श्रेष्ठले भन्नुभयो, “नेपालको चाहना पनि तथ्यकै आधारमा वार्तामार्फत भूमिका विषयमा समाधान खोज्नुपर्छ भन्ने नै हो ।”
सांसद श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक एवं आध्यात्मिक व्यक्तित्व भएको उल्लेख गर्दै भन्नुभयो, “नेपाल तपोभूमि हो, यस बेलामा पशुपतिनाथ, मुक्तिनाथसँग आशीर्वाद लिनुस् र यस्तो तपोभूमि लिनुहुँदैन भनेर निर्णय गर्नुस् ।”

उहाँले इतिहासको सत्य र तथ्यका आधारमा वार्ता गरी छिमेकीसँगको सुमधुर सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालको चीनसँग असल छिमेकीको सम्बन्ध छ, उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा असर पु¥याउने काम गरेको छैन तर नेपालको लिपुलेक भएर व्यापारिक र आध्यात्मिक मार्ग बनाउने सम्झौता चीन र भारतले नेपालको सहमतिविना गरे, चीनले त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ”, सांसद श्रेष्ठले भन्नुभयो, “हामी चीनसँगको उदाहरणीय सम्बन्धलाई कुनै पनि कोणबाट कमजोर नहोस् भन्ने चाहन्छाँै ।”
नेपाली जनताले नेपालको सम्पूर्ण भूमि समेटिएको नक्शा प्राप्त गरिसकेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा सरकारले गरेको र यस्तो ऐतिहासिक कदमलाई प्रतिपक्षले समर्थन गरेकामा धन्यवाद दिनुभयो ।

नेकपाकै भैरवसुन्दर श्रेष्ठलेले रुकुम९पश्चिम०मा अन्तरजातीय प्रेमका विषयलाई लिएर भएको भनिएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले ध्यानाकर्षण गराउनुभयो । सोही दलकी डा विमला पौडेलले बन्दाबन्दी अवस्थामा सुत्केरी र गर्भवती ३० जनाको मृत्यु भएको जानकारी गराउँदै कोरोना भाइरस संक्रमणको आशंका देखिएर क्वारेन्टिनमा राखिएकाहरुको पनि तत्काल पिसिआर परीक्षण तत्काल गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल काँग्रेसकी अनिता देवकोटाले नेपालको भूमिको संरक्षण गर्ने विषयमा सबै दल एकताबद्ध भएर आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले रोल्पामा तत्कालीन नेकपा ९माओवादी०ले द्वन्द्वका अवस्थामा लुकाएर राखेको बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको स्मरण गर्दै त्यतिबेला लुकाइछिपाई राखिएका हातहतियार नपड्किने गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवकोटाले आगामी असार १ गतेदेखि पठनपाठन शुरु गर्ने भनी मन्त्रालयको निर्देशन आएको तर निजी विद्यालयले प्रविधियुक्त तरिकाले पढाए पनि सामुदायिक विद्यालयको अवस्था प्रविधिमैत्री नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“सामुदायिक विद्यालय रहेको गाउँगाउँमा कम्युटर भनेको थाहा छैन, इन्टरनेट नै छैन”, सांसद देवकोटाले भन्नुभयो, “प्रविधिमैत्री र दक्ष जनशक्ति बनाउनेतर्फ सरकारको ध्यान जान सकेको छैन ।”

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोना भाइरस सङ्क्रमण जोखिम र बन्दाबन्दीले तरकारी र दुग्धजन्य पदार्थ खेर गइरहेको जानकारी दिँदै उचित समयमा आँप र लिचीलाई बजार व्यवस्थापन नगरे करोडौँ क्षति हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com