ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ७०० को हाराहारीमा


एबीसी न्यूज
जेष्ठ १९, २०७७ सोमबार  ९ : ५१ बजे


काठमाडौं , १९ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ ।

सो अवसरमा दिइएको जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, सर्लाहीमा ३८ जना, धनुषामा सात जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो । यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए ।

यस प्रदेशमा आजसम्ममा १५ हजार ७७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७२८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराउनुभयो । यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडिटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ ।

यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वारेटाइनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टिनमा अहिले २२ हजार ९१८, होम क्वारेन्टिनमा पाँच हजार २०५ र आइसोलेशनमा ३९५ जना बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com