ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले भन्यो – कालापानी समस्या समाधानका लागि नेपाल–भारतले एकपक्षीय कदम बन्द गरेर मैत्रिपूर्ण संवादमार्फत विवाद हल गर्नुपर्छ


एबीसी न्यूज
जेष्ठ ६, २०७७ मंगलबार  ९ : २१ बजे

काठमाडौं, ६ जेठ ।  कालापानी सीमा विवाद नेपाल र भारतको सरोकारको विषय भएको भन्दै चीनले दुई छिमेकीले एकपक्षीय कदम बन्द गरेर मैत्रिपूर्ण संवादमार्फत आफ्नो विवाद हल गर्ने आशा व्यक्त गरेको छ । नेपाल–भारत सीमा विवादबारे भारतीय सेनाका प्रमुख जनरल एमएम नरमानेले दिएको अभिव्यक्तबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री झाओ लिजियानले यस्तो जवाफ दिनु भएको हो ।

यसअघि नरभानेले नेपालले अरु कसैको उक्साहटमा आएर भारतले लिपुलेकमा गरेको सडक उद्घाटनको विरोध गरेको विवादास्पद अभिव्यक्त दिनु भएको थियो । ‘कालापानी नेपाल र भारतबीचको विषय हो र हामीलाई आशा छ दुई देशले आफ्नो विवाद सही तरिकाले मैत्रिपूर्ण परामर्शमार्फत हल गर्नेछन्,’ झाओले भन्नुभयो ।  उनले अवस्थालाई असहज बनाउने सबैखाले एकतर्फी कदम नेपाल र भारतले गर्न नहुने पनि बताउनुभयो ।

यसअघि नेपाली भूमी हुँदै चीनसँग जोडिनेगरी भारतले निर्माण गरेको ८० किलोमिटर लामो सडकको उद्घाटन भारतीय रक्षामन्त्री राजनाथ सिंह गरेका गर्नुभएको थियो ।

नेपालले यस विषयमा कडा आपत्ति जनाएको छ । भर्खरै, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेर नयाँ नक्सा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने :बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

सम्बन्धित

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यकः प्रचण्ड

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com