बुटवल, २० चैत्र । भारतको बिभिन्न स्थानबाट नेपाल भारत सिमाको नेपालगन्ज स्थित जमुनाहा नाकाबाट नेपाल भित्रन खोज्ने १ सय ८१ जना नेपालीलाई नेपाल–भारत सीमाना दशगजामा क्वारेन्टायन निर्माण गरि बस्ने ब्यवस्था मिलाईएको छ ।
महा भुकम्पका बेला नेपाली नेपाली सेनाले पाएको टेण्ट क्वारेन्टायनका लागि उपलब्ध गराए पछि ती नेपालीहरुलाई दशगजामै क्वारेन्टायन बनाई बस्ने ब्यवस्था मिलाईएको हो ।
सेनाले उपलब्ध गराएको ४५ थान टेण्टबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरसंग जोडीएको दशगजामा क्वारेन्टायन बनाईएको छ । सिमामा बिगत ३। ४ दिन देखि अलपत्र परेका १ सय ८१ जनालाई आजबाटै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय बांकेले जानकारी दिएको छ ।
उनीहरुलाई राखिएको सिमा क्षेत्रमा सुख्खा बन्दरगाहा निर्माण हुंदै गरेको थियो ।
भारतका बिभीन्न स्थानबाट नेपाल फकंंदै गरेका नेपालीहरुलाई नेपाल र भारत सरकार बिच सम्बन्धीत देशहरुले क्वारेन्टायनमा राख्ने ब्यवस्था मिलाउने सहमती भए अनुसार भारतमै राख्ने प्रस्ताव गरिएपनि उनीहरु भारतीय भुमिमा बस्न अस्विकार गरेका थिए । उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
बाँकेको हिरमिनिया, साइगाउँ, जयसपुर लगायत नाकाबाट प्रवेश गरेका नेपाली विगत चार दिनदेखि अलपत्र अवस्थामा जमुनामा(रुपैडिया नाकामा बस्दै आएका थिए। कोरोनाभाइरस कोभिड १९ का कारण भारतमा पनि लकडाउन सुरू भएको हुँदा सिमावर्ती भारतीय बजार समेत सबै बन्द छ। रोजगारीका लागि पुगेका नेपालीलाई त्यहाँ बस्न खानको समेत समस्या भएपछि आफ्नो देश फर्किएका हुन् ।
सिमामा रहने नेपालीहरुको नेपालका तीनै तहका सुरक्षा निमायले सुरक्षा दिने र उनीहरुको खाना, बस्ने सबै ब्यवस्था नेपालगन्ज उप महानगरपालिकाले मिलाउने उपमहानगर पालिकाकी उप प्रमुख उमा थापाले बताउनु भयो । अशक्त, महिला र बालबालिका गरी ९ जनालाई बिशेष अनुरोध गरि नेपाल प्रवेश दिइएको थापाले बताउनु भयो । आज क्वारेन्टायनमा राखिएका नेपालीलाई सरकारको लकडाउनको घोषणा नसकिए सम्म राखिने समेत उप प्रमुख थापाले बताउनु भयो । २५ गते लक डाउनको थप नभएर १४ दिन नपुग्दै उनीहरुलाई घर पठाईन्छ त भन्ने प्रश्नमा उप प्रमुख थापाले थप नभएर फेरी बसेर निर्णय हुने जानकारी दिनु भयो ।







प्रतिक्रिया दिनुहोस्