ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो– मुख्यमन्त्री पौडेल


admin

काठमाडौं, १८ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस कोभिड – १९  को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याउनुभएको छ । उहाँले भन्नुभयो “प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको थप साथ र सहयोग आवश्यक छ । ” आज मुख्यमन्त्री निवासमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्राप्त सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले आर्थिक सहयोग गर्ने सबै सङ्घसंस्थाहरुलाई धन्यवाद दिनभयो ।

यसैबीच उपचार कोषमा सोमबार र आज गरी रु २० लाख रकम सङ्कलन भएको छ । कोषमा हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गोर्खा लाहरी प्रालिले रु १० लाख र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रु सात लाख रकम सहयोग गरेको जनाइएको छ । सो कोषमा हेटौँडा खानेपानी बोर्डले रु तीन लाख सहयोग गरेको छ । बोर्डका अध्यक्ष प्रताप विष्ट र कार्यालय प्रमुख सुदर्शन ढकालले मुख्यमन्त्री पौडेललाई रु तीन लाख १९ हजारको चेक आज हस्तान्तरण गर्नुभएको हो । गोर्खा लाहरी प्रालिले जिल्ला समन्वय समितिको कोषलाई समेत रु एक लाख हस्तान्तरण गरेको छ । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लकडाउनका समयमा प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरेको जनाएको छ ।

प्रदेशमा चामल ११ हजार दुई सय ९०, दाल दुई हजार ६ सय, चिनी तीन हजार नौ सय २३ र नून ३२ हजार मेटिक टन मौज्दात रहेको तथा खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिनुभयो । आपूर्ति व्यवस्थापनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याई सेवा प्रवाह गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com