ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशका सभामुख र उपसभामुखले दिए एक महिनाको तलब कोरोना कोषलाई


admin
चैत्र १५, २०७६ शनिबार  ३ : ५६ बजे

काठमाडौं, १५ चैत । गण्डकी प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरेको उपचार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

सभामुख नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पारिश्रमिक जम्मा गर्न सचिवालयलाई निर्देशन दिएको उपसभामुख शर्माले जानकारी दिनुभयो ।

उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सजग र सतर्क हुँदै सरकारी तथा निजी सबै क्षेत्रले आ–आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । त्यसैगरी गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे तथा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा भीमा ढुङ्गानाले पनि आफ्नो एक महिनाको पारिश्रमिक प्रदेश सरकारले स्थापना गरेको सो कोषमा प्रदान गर्नुहुने भएको छ ।

कोइरालाद्वारा १५ दिनको तलब सहयोग गर्ने घोषणा

गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशमा रु १५ करोडको कोष स्थापना गर्ने घोषणासँगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब बराबर रु २८ हजार ४२० सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरानाको रोकथामका लागि सबैले आ–आफ्नो स्थानबाट हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको छ । कोरोना सङ्क्रमणको रोकथामका लागि सरकारले मुलुकभर गरेको लकडाउनको पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गर्दै उहाँले अनावश्यक काममा घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । जनताको सुखदुःखमा आप्mनो साथ रहने विश्वास व्यक्त गर्दै उहाँले कोही रोजगारी वा वैदेशिक यात्राबाट नेपाल फर्केको भए आफ्नै घरमा भए पनि १४ दिनसम्म सेल्फक्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभएको छ ।

सिद्धार्थ बैंकबाट रु दश लाख सहयोग

प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा सिद्वार्थ बैंंकले आज रु १० लाख जम्मा गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख अमित श्रेष्ठले सो रकमबराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले देशका सात वटै प्रदेशमा रु १० लाखका दरले सहयोग गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।सरकारको चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेपछि अहिले विभिन्न व्यक्ति तथा निजी सङ्घसंस्थाबाट समेत रकम जम्मा गर्ने क्रम शुरु भएको छ । प्रदेश सरकारले शुक्रबार सार्वजनिक सूचना जारी राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा ‘कोरोना भाइरस नियन्त्रण र उपचार कोष’का नाममा खोलिएको खाता नं ३०२००१८८३०१ मा इच्छुक व्यक्ति तथा संस्थालाई रकम जम्मा गर्न आह्वान गरेको थियो ।

खाद्यान्न वितरण सहज बनाइने

पोखरा महानगरपालिका–४ ले लकडाउनको समयमा वडावासीलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउन पहल शुरु गरेको छ ।

वडाध्यक्ष शङ्कर बाँस्तोलाको अध्यक्षतमा आज बसेको बैठकले वडामा रहेका गोपालजी, विनायक, मुनाल, सेलवेज र पोखरा ग्रोसरी खाद्य स्टोर्समा समन्वय गरी वडावासीलाई लकडाउनको समयमा समेत सहज खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।त्यसैगरी अव्यवस्थित बस्ती तथा दैनिक ज्यालादारी गरी बस्ने समुदायमा खाद्यान्नलाई सहज उपलब्ध गराउनका लागि पहल गर्ने निर्णयसमेत गरिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको विवरण सङ्कलन गर्नका लागि चारजना वडा सदस्य र वडा सचिवलाई भेग मिलाएर जिम्मेवारी तोकिएको छ ।

अहिलेसम्म पाँचजना विदेशबाट आएको विवरण सङ्कलन भएको र उनीहरुको अवस्था हेरी क्वारेन्टाइनमा राख्नका लागि वडाले पहल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com