ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा र कैद छुटको माग गर्दै कैदीबन्दीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र


admin

काठमाडौं, १५ चैत । जिल्ला कारागार झापाका कैदीबन्दीले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएकाले आफ्नो सुरक्षा र कैद मिनाहलगायतका पाँच बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालको संविधान, २०७२ को दफा २७६ बमोजिम दिइने छुट, माफी, मिनाहमा कसैलाई विभेद नगरिएको हुनाले सबै प्रकृतिका मुद्दामा चालचलनका आधारमा दिन–रात गणना गरी ४० प्रतिशत कैद भुक्तानपछि ६० प्रतिशत मिनाह दिनुपर्ने, मुलुकी ऐन खारेज भइसकेकाले मुलुककी ऐनबमोजिम गरिएको कर्तव्य ज्यान मुद्दामा जन्मकैदलाई पहिले झैँ सुविधा दिनका लागि फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को ३७ को ९क० मा भएको जन्मकैद शब्दलाई तत्काल हटाउनुपर्ने, मुलुकको राष्ट्रिय र सार्वजनिक बिदाहरुको लगत राखी कैदीहरुको कैद कट्टा गर्नुपर्ने, कैदीबन्दीलाई कोरोनाबाट बच्न चाहिने आवश्यक सामग्री तत्काल उपलब्ध गराइनुपर्ने र पाँच वर्ष कैद भुक्तान गरिसकेकालाई एक पटकका लागि कारागार मुक्त गर्नुपर्ने माग उल्लेख छ ।

ज्ञापनपत्रमा राष्ट्रपतिको कार्यालयलाई अवगतार्थ र सभामुख, राष्ट्रिसभा अध्यक्ष र गृहमन्त्रीलाई बोधार्थ दिइएको उल्लेख छ ।

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिइसकेको अवस्थामा कारागारमा कैदीबन्दी अझ थपिँदै गएको कैदीबन्दी इन्दिरा लिम्बूले बताउनुभयो । “कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ”, उहाँले भन्नुभयो, “दुःखसुख कैद भुक्तान गरिरहेका छौँ तर मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिइसकेको छ, सरकारले हाम्रो सुरक्षा गर्नुपर्छ ।”

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कैदीबन्दीलाई सुत्न–बस्न, पानीको अभावले नुहाउनेलगायतका सरसफाइ गर्न समस्या छ । त्यस्तै शौचालय जान पनि घण्टौँ कुर्नुपर्ने समस्या रहेको अर्का कैन्दीबन्दी मञ्जु धिमालले बताउनुभयो । विगत एक महिनादेखि सिधा खर्च नपाउँदा र आफन्तसँगको भेटघाट तथा सरसहयोग नहुँदा दैनिकी कष्टकर बन्दै गएको अर्की कैदीबन्दी कविता मलाहले बताउनुभयो । इरान, भारत, इटाली, कम्बोडिया, अमेरिकालगायतका देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन कैदीबन्दीलाई छोडिसकेकाले नेपाल सरकारले पनि कैदीबन्दीको सुरक्षाका लागि उचित कदम चाल्नुपर्ने मलाहको माग छ ।

झापा कारागारमा ३५० कैदीबन्दी अटाउने क्षमता छ तर कारागारमा हाल तेब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा हाल ७७ महिला, पाँच आश्रित बालबालिका र एक हजार ४५ पुरुष कैदीबन्दी रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो ।

कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले कैद मिनाह र छुटका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उहाँले बताउनुभयो । “कोरोना भाइरसको त्रासले कारागार पूरै लकडाउन गरिएको छ”, उहाँले भन्नुभयो, ‘अहिले बाहिर र भित्रको मानिसबीच केही सम्पर्क छैन ।” कारागारमा आउने सामान, पत्रपत्रिकालाई समेत क्वारेन्टाइनमा राखेर मात्र भित्र पठाइने गरिएको उहाँले बताउनुभयो । कैदीबन्दीलाई उपलब्ध गराइने सिदा पनि एक महिना यता उपलब्ध नभएको प्रमुख निरौला बताउनुहुन्छ । “सिधाका लागि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर पनि विभागले पठाएको छैन ।” कारागारमा कैदीबन्दीको सङ्ख्या उच्च रहेकाले नयाँ कैदी नपठाउन जिल्ला प्रहरी कार्यालय झापालाई आग्रह गरिएको प्रमुख निरौलाले बताउनुभयो ।

“एक÷दुई दिन अघिसम्म कैदी पठाइए पनि अहिले नयाँ कैदी कारागारमा आएका छैनन्”, उहाँले भन्नुभयो, “नयाँ कैदीबन्दी आउँदा सङ्क्रमणको जोखिम हुने भएकाले एसपी साबसँग कुरा राखेपछि अहिले नयाँ कैदी कारागारमा आएका छैनन् ।” कैदीबन्दीको सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको प्रमुख निरौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com