ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोदावरीको बज्रबाराही अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने


admin
चैत्र ८, २०७६ शनिबार  ३ : १५ बजे

काठमाडौं ८  चैत । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । नगरपालिकाले कोभिड–१९को जोखिमलाई ध्यानमा राखी आवश्यक परेको खण्डमा १० देखि १५ जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।

कोरोनाबाट सावधानी अपनाउन सो क्वारन्टाइनको व्यवस्थापन भइरहेको नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । क्वारेन्टाइन तयार गर्न कार्यपालिका बोर्डले बजेट व्यवस्थापन गर्ने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोभिड–१९ को त्रासलाई हटाउन १४ वटै वडामा स्वास्थ्यचौकीसहितको हेल्थ डेस्क, नगरपालिका भित्रने हरेक मानिसको ज्वरो नाप्ने गन, मास्क र स्यानिटाइजर प्रयोग गर्न लगाउने व्यवस्था गरिरहेको महर्जनले जानकारी दिनुभयो ।यदि कोभिड–१९ का कारण गोदावरीमा आपतकालीन अवस्था देखिए यसको व्यवस्थापनका लागि आफूहरुले पाँचदेखि १० श्यया आइसोलेसन दि लेप्रोसी मिसन नेपालको सहयोगमा बनाउने वडा नं ६ मा सञ्चालित आनन्दवन अस्पतालका निमित्त मेडिकल निर्देशक डा महेश शाहले बताउनुभयो ।

यसैगरी गोदावरीका हरेक वडाले विदेशबाट घर फर्कने नागरिकको तथ्याङ्क सङ्कलन गरी घरमै आइसोलेसनमा बस्न लगाउने, नगरपालिकाभित्र हुनसक्ने बिरामीलाई ध्यानमा राखी पाँच एम्बुलेन्स तयारी अवस्थामा राखेको, संक्रमण देखिएमा नगरपालिका र प्रहरी मिलेर अस्पतालसमेत लैजाने व्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com