ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ नियन्त्रणका लागि पर्यटन मन्त्रालयको ‘एक्सन’


admin

काठमाडौँ, ६ चैत  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतका निकायका विभागीय प्रमुखहरुको आज सिंहदरबारमा बैठक बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि आजैदेखि काम थाल्न निर्देशन दिनुभएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्न मन्त्रालयले मातहतका निकायलाई आग्रह गरेको छ । समितिको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने लगायतका निर्णय गरेको थियो । कोभिडको सम्भावित जोखिम नियन्त्रणका लागि पर्यटन मन्त्रालयले मातहत निकायलाई एक्सनमा उतारेको हो । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ का कारण विश्व नै संकटमा फसेको उल्लेख गर्नुहुदै त्यो संकट नेपालमा भित्रिन नदिन अहिले सबै क्रियाशिल रहनुपर्ने समय भएको बताउनुभयो । उहाँले पर्यटन मन्त्रालय सम्बद्ध निकायहरुले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले मन्त्रालयअन्तर्गतका सबै सांस्कृतिक केन्द्रहरु, सङ्ग्रहालय तथा अभिलेखालय २०७६ चैत मसान्तसमम बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी सांस्कृतिक संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठानका सभाहल, प्रतिक्षालयहरुमा चैतभर कुनै कार्यक्रम आयोजना नगर्ने र पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।त्यसैगरी बैठकले विभिन्न मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा एकपटकमा २५ जनाभन्दा बढी तीर्थालु भेला नहुने र उनीहरुको दूरी कम्तीमा एक मिटर कायम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । बैठकले पर्यटकस्तरीय होटल, मोटल, रिसोर्ट, लज, रेष्टुरेण्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

मन्त्रालय र मातहत निकायले आफ्ना कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाइ गर्न र कार्यालय प्रवेशद्वारमा अनिवार्य ज्वरो मापन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आउने यात्रुलाई अनिवार्य ‘हेल्थ डिक्लेरेशन फारम’ भर्न लगाइ स्वास्थ्य जाँच गराउने र सोको विमानस्थलका महाप्रबन्धकले अनुगमन गर्नुका साथै आन्तरिक उडानमा पनि स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिने बैठकको निर्णय छ ।युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुक एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मलुकलाई ट्रान्जिट बनाइ आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाइ आउने सबै यात्रुलाई यही चैत ७ देखि ३० गतेसम्म आगमन प्रतिबन्द लगाइएको व्यहोरा नेपालमा उडान भर्ने अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनीलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराउनेलगायत निर्णय गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

निगमको जापान र दुबईको उडान स्थगित

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ले जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगित गरेको छ ।

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले दुवै गन्तव्यमा गर्दै आएको नियमित उडान चैत्र ७ गते रातिदेखि लागू हुने गरी स्थगित गरेको आज विज्ञप्तिमार्फत जनाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयानुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।

चैत्र ७ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने निगमले जनाएको छ । यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइने छ । निगमले यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com