ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीडभाडयुक्त स्थानलाई निषेध नगरे जोखिम निम्तिने सांसदहरुको चेतावनी (भिडियोसहित)


admin
चैत्र ५, २०७६ बुधबार  ३ : १५ बजे

काठमाडौं ५ चैत । नेपालमा अहिलेसम्म कारोनाको संक्रमण नदेखिएको भए पनि छिमेकी मुलुक भारतमा निरन्तर संक्रमितको संख्या बढिरहेको छ । यसले खुला सिमाका कारण कतै नेपालमा भाइरसको प्रवेश हुने हो की भने सर्वत्र त्रास फैलिरहेको छ । सानो लापरवाहीले युरोपका देशहरु कारोनाको महामारीकोे ठुलो चपेटामा मुछिएको दृष्टान्त हेरेर पनि नेपालले पनि रोग नलाग्दै सर्तकता अपाउनु पर्ने देखिन्छ । नेपालमा संसदको काम कारवाही, संसदमा संमितीहरु छलफलका कार्यक्रमदेखि बिद्यालय तथा सडकमा मानिसहरुको भिडमा कमि आएको छैन । कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने माग गरेका छन । कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिदै संसदको कामकारवाही रोक्नुपर्ने बताएका हुन् ।

तिब्र गतिमा बिश्वव्यापी रुपमा फैलिएको कोराना संक्रमणबाट नेपालमा अहिलेसम्म १ जनामा देखिएर निको भएको र अन्य कसैमा भाइरसको सक्रमण देखिएको छैन । तर भाइरस संक्रमणको त्रासले आम सर्वसाधारण आक्रान्त भइरहेका छन । नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि ढुक्क हुने अवस्था भने छैन । कथं कदाचित नेपालमा संक्रमण देखियो भने त्यसपछि भौतिक, आर्थिक र प्राविधिक हिसाबले समस्या आउने कारण तत्काल सावधानी अपनाउनुपर्ने सांसदहरुको भनाइ छ । कोरोना संक्रमण रोक्न र संक्रमण भैसकेको अवस्थामा उपचारलगायतका विषयमा बिश्वका अन्य देशले गरेको तयारीलाई हेर्दा समेत नेपाल आफनो तयारी अझै बढाउनु पर्ने देखिन्छ । नेपालमा अहिलेसम्म नदेखिएको भनेर ढुक्कले बस्दा संक्रमणले ठुलो रुप नलेला भन्न सकिन्न ।

कोरोना संक्रमण नदेखिए पनि कोरोनाको त्राश र कतिपय गलत प्रचारवाजीका कारण मनोबैज्ञानिक रुपमा धेरैलाई असर गरिहेको छ । रोग लागि हाल्ने हो कि भनेर संसददेखि आम सर्वसाधरण त्रसित बनिरहेका छन । अहिलेसम्म जोखिम नै नभित्रिएको अवस्थामा सरकारले जनताको मनोवैज्ञानिक त्राश कम गर्दै आफ्नो तर्फबाट तयारीमा गति लिनु पर्ने देखिन्छ । सरकारले कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई अनअराइभल भिसा रोक्ने, बैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति बन्द गर्नेसहित केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति गठन गरेको छ । त्यसैगरी उपत्यकाभित्र १ सय २० वटा आइसीयू बेडको व्यवस्था गर्ने र प्रत्येक प्रदेशमा १ सय १५ वटा आइसीयू बेडको व्यवस्थाको तयारी सुरु गरिसकेको छ । यद्यपि कोरोना संक्रमणका विरुद्ध जुध्न यति नै तयारी अपूर्ण हुन सक्छन् । चीन, कोरिया लगायत कतिपय मुलुकको अनुभव हेरेर सरकारले आफ्नो तयारी अझ बलियो बनाउनु आबश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

सम्बन्धित

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

भक्तपुर प्रहरीको स्वीप अपरेसन– ९० जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com