ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैनिक मुख्यालयमा कोभिड– १९ सम्बन्धी पूर्वाभ्यास


admin

काठमाडौं ५ चैत । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ । त्रिपालमा क्वारेन्टाइन स्थलको लेआउट विधिबारे पनि जानकारी दिइएको छ ।

बिरामीलाई अस्पतालमा गरिने उपचार विधि र प्रक्रियाका साथै क्वारेन्टाइनमा रहँदा चिकित्सकबाट प्रदान हुने सेवा तथा जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनु पर्ने सजगताका सम्बन्धमा सङ्गठन मातहतका निकाय र सर्वसाधारणलाई सञ्चारमाध्यममार्फत जानकारी गराउन पूर्वाभ्यास गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । पूर्वाभ्यासका लागि त्यहाँ ६० भन्दा बढी पाल स्थापना गरिएको छ ।

सङ्क्रमण आशङ्का भई अस्पताल पुग्ने बिरामीलाई दिइने स्वास्थ्य सेवा, जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनुपर्ने सचेतना र क्वारेन्टाइनमा रहँदा हेक्का राख्नुपर्ने विषयका बारेमा पूर्वभ्यासका क्रममा प्रमुख सेनानी डा मुन थापा र सेनानी ली बुढाथोकीले जानकारी दिनुभयो । चिकित्सक ५० र अन्य गरी १८१ जनाको चिकित्सा टोली पूर्वाभ्यासमा संलग्न छ । यस्तो पूर्वाभ्यास आवश्यकतानुसार भइरहने छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि हातधुने तरिका, चिकित्सकले अपनाउनुपर्ने सावधानी, बिरामीको तामक्रम लिँदा पु¥याउनुपर्ने होशियारीलगायत विषयमा जानकारी दिइने छ । पूर्वाभ्यासबाट जङ्गीअड्डा मातहतका विभिन्न निकाय र अन्य सर्वसाधारणका लागि समेत कोभिड–१९ उपचार विधि र अपनाउनुपर्ने पद्धतिबारे जानकारी लिन सहयोग पुग्ने छ । सैनिक मुख्यालय र मातहतका निकायका कार्यालय प्रवेश गर्नुअघि ज्वरो भएको नभएको यकिन गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने कार्य शुरु भइसकेको छ । नेपालमा हालसम्म कोभिड–१९ का बिरामी फेला परिसकेका छ्रैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com