ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जताततै कोरोनाको चर्चाले मनमा डर, अस्पतालमा भीड


admin

काठमाडौं, ३ चैत  । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ ।

देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका विष्णु थापाले बताउनुभयो । “जताततै कोरोनाकै चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,” थापाले भन्नुभयो, “यस बेलामै रुघा लाग्ने, घाँटी दुख्ने गरेकाले अस्पतालमा परीक्षण गर्न आएको हुँ ।”

दीर्घरोगीलाई छिटो सङ्क्रमण हुने भन्दै अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएको लामो समयदेखि मुटु रोगबाट पीडित भइरहनुभएकी एैसरा रानाले जानकारी दिनुभयो । धौलागिरि अञ्चल अस्पतालमा व्यावहारिक अभ्यासका लागि प्राविधिक विद्यालयबाट आउनुभएका श्रृष्टि बराइलीले बच्चाहरुलाई सामान्य रुघखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिँदै आउने गरेको बताउनुभयो । “यो मौसम परिवर्तनको समय भएकाले रुघाखोकी र भाइरल ज्वरो धेरैलाई लाग्न सक्छ,” धौलागिरी शिक्षा प्रतिष्ठान एचए तेस्रो वर्षमा अध्ययरनत बराइलीले भन्नुभयो, “कोरोना भाइरसको डरले बच्चादेखि पाका मानिसहरु पनि मलाई कोरोना त लागेको छैन भनेर आफैँ सोध्नुहुन्छ । यस्तो सङ्ख्या बढ्दो क्रममा छ ।”बच्चाहरुलाई अहिले धुलो, धुवाँ र मौसम परिवर्तनका कारण रुघाखोकी, भाइरल ज्वरो आउने भएकाले नआत्तिन स्वास्थ्यकर्मी सुझाउँछन् । यस्ता बिरामीलाई सम्झाइबुझाइ गर्ने र रगत जाँचसहित परामर्श गरेर पठाउने गरेको बराइली बताउनुहुन्छ । कोरोना सन्त्रासका कारण अहिले अस्पतालमा मास्क किन्न आउने मानिसको सङ्ख्यासमेत बढेको छ ।

कोरोनाका कारण विश्वभर त्रास सिर्जना भएकाले यहाँ पनि विशेष गरेर बच्चाहरुलाई रुघाखोकी, भाइरल ज्वरो आउँदा पनि कोरोना भयो भन्दै आउने सङ्ख्या केही देखिएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी। पोखरेलले बताउनुभयो । “चौतर्फी चर्चाले होला, आत्तिँदै कोरोना त लागेन भनेर जाँच गर्न आउनेको सङ्ख्या अलि बढी छ,” डा पोखरेलले भन्नुभयो, “हामी उहाँहरुलाई उपचार मात्र होइन कोरोनाको विषयमा परार्मशसमेत प्रदान गर्दछौँ ।”

पोखरेलका अनुसार सामान्य रुघाखोकी लाग्नासाथ कोरोना आशङ्काले अस्पताल आउन थालेको भन्दै अहिले दैनिक ४०० को हाराहारीमा बिरामी अस्पताल आउन थालेका छन् । अहिलेसम्म धौलागिरि अस्पतालमा त्यस्तो उच्च जोखिमका बिरामी फेला नपरेको उहाँको भनाइ छ । कोरोनाको सम्भावित बिरामी सङ्क्रमण भएको अवस्थामा पनि छुट्टै कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा दुई शय्यासहितको आइसोलेसन वार्डको व्यवस्था गरिएको डा पोखरेलले जानकारी दिनुभयो । कोरोना फैलिएको देशबाट आएका, सामान्य रुघाखोकी, ज्वरोभन्दा उच्च जोखिम भएका, श्वासप्रश्वासमा समस्या देखिएका मानिसहरु भेटिएमा उहाँहरुलाई छुट्टै राखेर जाँच गर्ने, परामर्श, उपचार गर्ने व्यवस्था मिलाइएको पोखरेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com