ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको संभावित महामारीको जोखिम रोक्न आफैले रेखदेख गरेको छु : प्रधानमन्त्री ओली


admin
चैत्र २, २०७६ आईतबार  ६ : ४५ बजे


काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित महामारीको जोखिमलाई ध्यानमा राख्दै रणनीति बनाएको बताउनुभएको छ ।

कोरोना भाइरसको महामारीबारे सार्क राष्ट्रका नेताहरुबीच आज सांझ भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले संभावित महामारीको जोखिमलाई बुझेर रोकथामका लागि कयौँ उपाय अपनाएका बताउनुभयो ।

ओलीले नेपालले भाइरस रोक्न गरेको प्रयासलाई आफैँले रेखदेख गरिरहेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको बताउंदै कन्फ्रेन्स आयोजना गरेकोमा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो । ओलीले आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि सबै सार्क नेताहरुलाई धन्यवाद दिनुभयो ।

ओलीले नेपालमा एक जनामा कोरोना भाइरसको शंकास्पद संक्रमण देखिएको तर अहिले संक्रमण नरहेको स्पष्ट पार्नुभयो । उहांले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति बन्द गरेको, केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाएको बताउनुभयो । सार्क राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुबीच भिडियो कन्फ्रेन्स भएको थियो । तर, पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्रीको सहभागिता रहेको थियो ।

भिडियो कन्फ्रेन्समार्फत भारतका प्रधानमन्त्रीले तत्कालका लागि सार्कस्तरीय आकस्मिक कोष स्थापनाका लागि गर्नुभएको प्रस्तावको सदस्य राष्ट्रका नेताहरुले समर्थन जनाउनुभयो । कोषमा भारतले १ करोड अमेरिकी डलर जम्मा गर्ने मोदीले घोषणा गर्नुभयो । सार्क नेताहरुले महामारीसँग डराउनुभन्दा एकजुट भएर सामना गर्ने सार्क नेताहरुको दृढता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com