ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ को प्रभाव खेलकूदमा


admin
फाल्गुन २८, २०७६ बुधबार  ३ : १८ बजे

काठमाडौं, २८ फागुन । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस ९कोभिड–१९० को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।

फुटबलको सर्वोच्च निकाय फिफा र एशियाली फुटबल महासङ्घ एएफसी को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ । बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो । फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकूद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकूद गतिविधि तत्कालको लागि रोक्यो । एन्फाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनको लागि ठूल ठूला घरेलु प्रतियोगिता एवं अन्तरराष्ट्रिय प्रतियोगिता पनि रोकेको छ ।फिफा विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणसमेत रोकेको थियो । घरेलु मैदानमा नेपालले आगामी चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अष्ट्रेलियासँग खेल्ने तय भएको थियो ।

त्यसैको तयारीस्वरूप २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा मैदानमा फागुन १८ गतेदेखि प्रशिक्षण शुरु गरेको थियो । त्यस्तै चैत ३ गतेदेखि तय भएको राष्ट्रिय महिला लिग फुटबल पनि हाल नगर्ने गरी रोकिएको छ । सातदोबाटोमा ओलम्पिक छनोटको बन्द प्रशिक्षणको करातेको टोली भने नियमित अभ्यासमा रहेको करातेका मुख्य प्रशिक्षक दिपक श्रेष्ठले राससलाई बताउनुभयो ।कोरोनाका कारण खेलाडीमा मनोवैज्ञानिक असर परेता पनि प्रशिक्षणमा धेरै भिडभाड नहुने भएकाले प्रशिक्षण यथावत राखेको प्रक्षिशक श्रेष्ठको भनाइ थियो । “अहिले करातेका कुनै प्रतियोगिता नरहेको कारण अभ्यासमा धेरै मानिसको हुलमुल नहुने भएकाले नियमित अभ्यास जारी नै राखेका छौँ”, प्रशिक्षक श्रेष्ठ भन्नुहुन्छ ।

भलिबलमा भने यसअघि नै बङ्गलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस ९एभीसी० भलिबल च्याम्पियनसिप रोकिएको छ । बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएका छन् ।कोरोना भाइस कै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ देखि १५ गतेसम्म तय भएको एभरेष्ट प्रिमियर लिग इपिएल तत्कालका लागि रोकिएको छ । आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भन्नुभयो “कोरोनाको त्रासले अहिले इपिएल रोकेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति सार्वजनिक गर्नेछौँ” ।

नेपाल क्रिकेट सङ्घ क्यान का अध्यक्ष चतुरबाहदुर चन्दले तत्कालको लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताको खेल तालिका नभएकाले क्रिकेट क्षेत्रमा कोरोना भाइसको खासै असर नपरेको बताउनुभयो । उहाँले इपिएलबाहेक क्रिकेट क्षेत्रमा ठूला अन्तरराष्ट्रिय प्रतियोगिता तत्काललाई नभएकाले कोरोना भाइसले खासै असर नगरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com