
काठमाडौं, २३ फागुन । पुँजीबजारमा विगत २ वर्षमा जति सुधार भए त्यो यस अघि कहिल्यै नभएको अर्थमन्त्री डा युवराज खतिवडाले दाबी गर्नुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उहांले अनलाइन ट्रेडिङ ल्याउने, राफसाफ छिटो गर्ने, नीति नियम बनाउने, कर प्रणालीमा सुधार गर्ने, मार्जिनसंग जोडिएका विषयमा बिगत २ वर्षमा धेरै सुधार भएको बताउनुभएको छ ।
उहांले शेयर बजारलाई कुनै मान्छे वा व्यक्ति विशेषसंग नजोड्न समेत आग्रह गर्नुभएको छ । उहांले घोडालाई पानीसम्म लान सकिने तर आफैले पानि खुवाउन नसकिने भन्दै अर्थमन्त्रीको काम लगानी गर्ने अवसर दिने मात्र रहेको बताउनुभयो । उहांले भन्नुभयो लगानी अग्रने अवसर दिएपछि बाँकि लगानीकर्ताको जिम्मामा रहने उहांले बताउनुभएको ।
उहांले आफुले लगानी गर्ने कम्पनीको वासलात, नाफा नोक्सानको अवस्था, कम्पनीको भविष्यको प्रक्षेपण लगायतका विषय हेरेर लगानीकर्तालाई लगानी गर्न सुझाव दिनुभएको छ । नीतिगत रुपमा समस्या छन् भने बसेर कुरा गर्न सकिन्छ, नीति ठिक हुने, प्रणाली ठिक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने, बजारको भाउतल माथि हुने भनेको बजारको सेन्टिमेन्ट होु । त्यो सेन्टिमेन्ट बजार कै भएकोले त्यसलाई कोहि व्यक्तिसंग जोडेर हेर्नु उपयुक्त नहुने उहांले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्