ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो छ– उपराष्ट्रपति पुन


admin
फाल्गुन ११, २०७६ आईतबार  ८ : १४ बजे

काठमाडौं, ११ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताउनुभएको छ । रोल्पाको थवाङ गाउँपालिका–१ स्थित झकेवाङमा अवस्थित श्री वीर बलभद्र नमूना माध्यामिक विद्यालयको उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयको शैक्षिकस्तर गौरवको अनुभूति गर्ने खालको हुनुपर्ने बताउनुभयो ।

“सामुदायिक विद्यालयको शैक्षिकस्तर यस्तो होस् की जहाँ पढ्दा हाम्रा नानी बाबुले गौरवको अनुभूति गरुन्, अभिभावकले सामुदायिक विद्यालयमा नानी बाबु पढाउन पाएकोमा गौरव गरुन्”, उपराष्ट्रपतिले भन्नुभयो, “सरकार, स्थानीय जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने हो भने यो कुनै गाह्रो हो जस्तो मलाई लाग्दैन । म यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।”सबैको साझा प्रयासबाट सामुदायिक विद्यालयलाई नमूना बनाउन सकिने उहाँको भनाइ थियो । उपराष्ट्रपतिले शिक्षाको पहुँचबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने मात्र नभई उनीहरुलाई आजको समाज, विश्व सुहाउँदो प्रतिस्पर्धी गुणस्तरीय शिक्षा वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नेतर्फ केन्द्रित हुनपर्नेमा जोड दिनुभयो ।

“उच्च शिक्षालाई सहज गुणस्तरीय र प्रत्येक नागरिकको पहुँच योग्य बनाई निःशुल्क बनाउँदै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “निजी शिक्षालाई समय क्रमअनुसार नियमन गर्नुपर्छ ।” संविधानले मौलिक हकका रुपमा परिभाषित गरेको शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु ज्यादै दुःखद् भएको उहाँको टिप्पणी थियो । उपराष्ट्रपतिले आफूले माध्यामिक तहसम्म अध्ययन गरेको विद्यालयको प्रगति देखेर अत्यन्त गौरवान्वित भएको बताउनुभयो ।

‘प्राप्त उपलब्धि रक्षार्थ उभिनुपर्छ’

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबैको एकता आवश्यक रहेको औँल्याउँदै उपराष्ट्रपति पुनले प्राप्त उपलब्धिलाई दिगो बनाउन रोल्पाली जनता र नेतृत्व एक हुुनुपर्ने बताउनुभयो । “जनता र नेतृत्व एककार हुँदामात्र उपलब्धि हासिल गर्न सकिन्छ, नेपालको परिवर्तनमा रोल्पाली जनता र नेतृत्वले खेलेको भूमिका महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “अब सम्पूर्ण जनता एउटै धारमा हिँड्नु जरुरी छ ।”विगतमा रोल्पाली जनता राज्यसत्ताको विरुद्धमा उभिएर विश्वलाई नयाँ सन्देश दिएको सन्दर्भ पेश गर्दै उपराष्ट्रपतिले ठूलो बलिदानीबाट प्राप्त राजनीतिक अधिकारलाई सबैले आत्मसात गर्नुपर्ने बताउनुभयो । “जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई सबैले माया गरौँ, यसमा हाम्रो ठूलो जिम्मेवारी छ”, उहाँले भन्नुभयो, “उपलब्धि रक्षा गर्न सकेनौँ भने गुम्ने खतरा छ, यसले समृद्धिको रफ्तार रोकिन सक्छ, सबैभन्दा बढी रोल्पाली र थवाङवासीले बुझ्नुपर्छ ।” उपराष्ट्रपति पुनले थवाङको परम्परागत स्वरुपमा धेरै परिवर्तन आएको अनुभूति गरेको बताउनुभयो ।

“जलजला पर्यटन क्षेत्रको प्रवद्र्धन भइरहेको छ । शहिद मार्ग कालोपत्रे हुँदैछ । सुलिचौर उवा सडक स्तरउन्नती र कालोपत्रे हुँदा विकासको मुहारले झनै फेरिनेछ”, उहाँले भन्नुभयो, “मध्यपहाडी लोकमार्गसँग जोडिएको शहिदमार्गलाई डोल्पा हुँदै चीनसम्म जोड्ने योजना अघि बढिरहेको छ । विद्युतीकरणले तिब्रता पाएको छ । कृषि क्याम्पस, पोलिटेक्निक इन्स्टीच्यूट स्थापना भएका छन् । सडक सञ्जाल गाउँ गाउँ पुगेको छ ।”कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले थवाङ विगतमा राजनीतिक चेतनाको केन्द्र भए पनि अहिले शिक्षाको केन्द्रका रुपमा विकास हुँदै गएको बताउनुभयो । सरकारले थवाङको विकासलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । अधिकांश भू–भागमा सडक सञ्जाल पुगेको बताउँदै उहाँले गत वर्षदेखि नै सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको उल्लेख गर्नुभयो ।

ठूला भौतिक पूर्वाधार र मानवीय पूर्वाधार विकासमा लगानी गरेको मुलुकले छोटो अवधिमा ठूलो प्रगति हासिल गरेको दृष्टान्त दिँदै उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गर्नुभयो । “सङ्घ, प्रदेश र स्थानीय तहले शिक्षामा लगानी बढाएका छन्”, उहाँले भन्नुभयो, “अब शिक्षाले प्रतिफल दिनुपर्छ ।” मुलुकको समृद्धिका लागि एकताबद्ध हुन आह्वान गर्दै उहाँले भन्नुभयो, “गरिबीका विरुद्ध साझा सङ्घर्ष गरौँ, यसबाटै रोल्पा र थवाङ समृद्ध हुन्छ ।”सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निजी र सार्वजनिक विद्यालयका बीचमा देखिएको खाडल पुर्न चाहेको उल्लेख गर्दै अबको दशकलाई सार्वजनिक विद्यालय सवलीकरणको दशक घोषण गरिएको जानकारी दिनुभयो ।शिक्षा विकास र समृद्धिको प्रमुख आधार हो भन्दै उहाँले उच्च माध्यामिक तह उतीर्ण गर्ने विद्यार्थीले कुनै न कुनै सीप जानेको सीपयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । सबैलाई शिक्षा पु¥याउने विराट अभियानमा सरकार लागेको स्पष्ट पार्र्दै उहाँले सबै विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिइने बताउनुभयो ।

“विद्यालय नमूना घोषण भएर मात्र हुँदैन, शिक्षा पनि गुणस्तरीय हुनुपर्छ”, मन्त्री पोखरेलले भन्नुभयो, “प्रधानाध्यापक, शिक्षक, अभिभावक, कर्मचारी सबैले कडा मेहनत गर्नुपर्छ ।” विद्यालयका सहायक प्रधानाध्यापक उदय घर्तीले वीर बलभद्र माविले रोल्पामै पहिलोपटक अङ्ग्रेजी भाषामा कक्षा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

शैक्षिक सुधारका लागि अक्षयकोष

नमूना घोषणा भएको सो विद्यालको विद्यालको शैक्षिक सुधारका लागि अक्षय कोष स्थापनाको औपचारिक सुरुवात गरिएको छ । अक्षय कोषका लागि उपराष्ट्रपतिले आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभयो । त्यस्तै ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले अक्षयकोषमा रु एक÷एक लाख प्रदान गर्ने जानकारी गराउनुभयो ।

विद्यालयलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको टङ्कप्रसाद आचार्य प्रतिष्ठानले पनि ठूलो रकम सहयोग गर्ने घोषणा गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक गोविन्द दुलालले प्रतिष्ठान र आफ्नो तर्फबाट रु नौ लाख अक्षयकोषमा दाखिला गर्ने घोषणा गर्नुभयो । विद्यालयको गुणस्तरीय शिक्षाका लागि गोर्खा मेमोरियल फण्ड बेलायतले कम्प्युटर ल्याव हस्तान्तरण गरिएको छ । उक्त कम्पयुटर ल्याबको उपराष्ट्रपति पुनले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com