ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी


admin
फाल्गुन ५, २०७६ सोमबार  ३ : ४४ बजे

काठमाडौं, ५ फागुन । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन, शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ ।उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, २०७६/७७–२०८०/८१, निर्वाचन स्मारिका– २०७६ र निर्वाचन न्याय, स्रोत पुस्तिका– २०७६ को लोकार्पण हुनेछ ।

विसं २०१५ को संसदीय आम निर्वाचन प्रारम्भ भएको फागुन ७ को दिनलाई २०७३ सालदेखि निर्वाचन दिवसका रुपमा मनाउन शुरु गरिएको हो । उक्त निर्वाचन पहिलो बालिगमताधिकारका आधारमा भएको आम निर्वाचन थियो । निर्वाचन दिवसका अवसरमा आयोग र अन्तर्गत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन” विषयमा फागुन ७ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिनेछ ।निर्वाचन दिवसका अवसरमा आयोगले मङ्गलबार वृक्षरोपण तथा सरसफाइ, खेलकुद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदानका साथै निर्वाचन तथा मतदाता शिक्षा हाते पुस्तिका प्रकाशित गर्ने जनाएको छ ।नेपालको संविधानको भाग २४ धारा २४५ संवैधानिक अङ्गका रुपमा निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त र अन्य चार जना आयुक्त रहने संवैधानिक व्यवस्था छ । आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया हुनुहुन्छ ।

जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरू, जिल्ला सदरमुकामस्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र पत्रकारलगायतको उपस्थितिमा आयोगले ‘निर्वाचनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्नेछ । आयोगका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय छन् । यसवर्ष आयोगले स्थानीय तहका रिक्त पद र राष्ट्रियसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com