ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद स्मारक लिग : उपाधिका लागि आर्मी र मच्छिन्द्र भिड्दै


admin

काठमाडौं ३ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्ने भएका छन् । उपाधिका लागि दुवै टोलीबीच अहिले दशरथ रङ्गशालामा खेल हुँदैछ । दुवै टोली पहिलोपटक उपाधि जित्ने होडमा छन् ।

आर्मी लिग तालिकाको शीर्षस्थानमा छ । मच्छिन्द्र दोस्रो स्थानमा छ । आर्मीले १२ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा एकमा बराबरी खेल्दै २९ अङ्क जोडेको छ । मच्छिन्द्रले हालसम्म खेलेका १२ खेलमध्ये नौमा जित, दुईमा हार तथा एकमा बराबरीका साथ २८ अङ्क जोडेको छ । अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेका कारण मच्छिन्द्रको एक अङ्क घटाइएको हो । आर्मीलाई उपाधि जित्न आज मच्छिन्द्रसित बराबरी खेले पुग्छ भने मच्छिन्द्रलाई उपाधि चुम्न आजको खेल अनिवार्य जित्नुपर्ने अवस्था छ । मच्छिन्द्र उपाधि होडमा पहिलोपटक सामेल भएको हो । आर्मीले विसं २०६३ को लिगमा नेपाल पुलिस क्लबसित पराजित भई उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपाने र यता मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि आ–आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । उपाधिका लागि मच्छिन्द्रभन्दा आर्मी सहज अवस्थामा छ । मच्छिन्द्र भने दबाबमा खेल्नेछ । आर्मीका कप्तान भरत खवास र मच्छिन्द्रका कप्तान विराज महर्जनले पनि प्रशिक्षकले जस्तै उपाधिमाथि आफ्नो टोलीको कब्जा रहने दाबी गरेका छन् । शहीद स्मारक लिग गत मङ्सिर २७ गतेदेखि शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com