ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने– प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, १९ माघ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस भन्ने चाहाना भएपनि कोही फेला परेमा कारवाहीको भागिदार हुने बताउनुभएको हो । विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो । ओलीले सरकारले गरेका काममा पार्टीले सहयोग गर्नुपर्ने उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार सरकारले पनि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तल्ला तहका कमिटीहरुमा पनि पार्टी र सरकारको समन्वय आवश्यक रहेको ओलीले बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा पार्टीले १६ सिट जितेको र नेकपाले समर्थन गरेको दलले पनि २ सिटमा जित हात पारेको प्रशंग उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘यो जितलाई हामीले शिखरका रुपमा लिनुहुन्न । यसलाई प्रारम्भको रुपमा लिनुपर्छ । यो हाम्रो विकासको सिढीँ हो । शिखर होइन् ।’

पार्टीको पाँच दिने बैठक उपलब्धि मुलक भएको उल्लेख गर्नुहुँदै आगामी बैठकहरुमा वैचारिक छलफललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बैठकमा बोक्सी विरुद्धको अभियान, छुवाछुत विरुद्धको अभियान, छोराछोरी पढाउने अभियानका सन्दर्भमा सशक्त भएर अगाडी बढ्न अखिल नेपाल महिला संघ लगायत पार्टीका भातृ संगठनहरुबाट सुझाव आएकाले त्यसैअनुसार पार्टीले अभियान सुरु गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भिर रहेको बताउनुभएको छ । चीनको प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफलहरु जारी रहेको उल्लेख गर्नुभयो ।

चीन सरकारले नेपाली विद्यार्थीहरुलाई सुरक्षीत ठाउँमा राखेको र उनीहरुलाई नेपाल फिर्ता गरेपछि सुरक्षीत रुपमा राख्ने ठाउँको खोजी भइरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सफलतापूर्वक सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी एकजुट भएर अगाडी बढेको सन्देश दिएको बताउनुभएको छ । पार्टीले एकताको सन्देश दिएको समयमा केही सञ्चारमाध्यमहरुले पार्टीभित्र गुट उपगुट छ भनेर अपमानित गरेको उहाँले बताउनुभयो । ‘देशको अपेक्षा अनुसार पार्टी एकजुट भएर, एक ढिक्का छ भनेर अगाडी बढेको छ’, उहाँले भन्नुभयो, ‘दुःखको कुरा केही सञ्चारमाध्यमले हामीलाई यताको भाग उता छ भनेर अत्यन्तै अपमानित गरको छन् । हामी त्यसको गोठभित्र, त्यसको कटेरोभित्र यसको झुण्डभित्र परेका मान्छे होइनौ । हामी हरेक इन्डिपेन्डेण्ट नेता हौँ ।’

आफ्नो स्वस्र्थपूर्तिक लागि यता उता भनेर समाचार छाप्ने गरेको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभयो । ‘देश निर्माणका लागि अगाडी बढेको एउटा नेतृत्वको झुण्डलाई यताको भागमा उति टाउको उताको भागमा यति टाउको जस्तो गरेर अंशवण्डा जस्तो ग¥यो । फरक विचार आउने वित्तिकै, छलफल हुने वित्तिकै मान्छे भाग लगाएर अपमानित गरेका छन्’, उहाँले भन्नुभयो । पार्टी एकता एक दिन, दुई दिनका लागि भएको भनेर नसम्झिन आग्रह गर्नुहुँदै ओलीले खास उद्देश्य लिएर पार्टी एक भएको बताउनुभयो । उहाँले नेकपा निरन्तर अगाडी बढ्ने पनि बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com