ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफल भएको दिन आज


एबीसी न्यूज
माघ १०, २०७६ शुक्रबार  १० : ३५ बजे

काठमाडौं, १० । माघ  गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ ।

वीर गोर्खालीले सो सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो । गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २५७ वर्ष पुगेको छ । गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा लिइन्छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले विजयोत्सव कार्यक्रम भव्य रुपमा मनाउन लागिएको जानकारी दिनुभयो ।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित हुनुभएको बताइएको छ । सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केहि वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा सक्रिय बद्री खतिवडाले जानकारी दिनुभयो ।

गढी र तिनको ऐतिहासिकताको अध्ययन गर्नुभएका केदार न्यौपानेका अनुसार देशभरीका २०० गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्पूर्ण रहेको बताउनुभयो । उहाँले पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको दाबी गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुनसक्ने बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गर्नुभएको छ । मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा प¥यो । लोहाङले विसं १६१० पछि गढीको पुनःनिर्माण गरी मकवानपुर राज्यको पुनःनिर्माण र विस्तार गरेका बताइएको छ ।
प्राध्यापक दिनेशराज पन्तले मकवानपुर गढीको बारेमा लेख्नुभएको एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसंँग भएको थियो ।

हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो थिएन । हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए । पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा प¥यो र पृथ्वीनारायण बेहुली नै नलिइ फर्केका लेखमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

मनहरामा डोजर आतंक: प्रहरी घेराउबीच सुकुम्बासी सडकमा

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com