ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखको पेट्रोलियम अन्वेषण कार्य सफलता नजिकै पुग्दै (भिडियोसहित)


एबीसी न्यूज
माघ ९, २०७६ बिहीबार  ८ : ५० बजे


दैलेख, ९ माघ । दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन् ।

विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अनुसन्धान गर्न अत्याधुनिक साधनसमेत यहाँ ल्याइएको छ । सर्भेअन्तर्गत जमिनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । चार सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण ‘साइस्मिक सर्भे’ मानिन्छ । यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि ड्रिलिङ गर्ने काम शुरु भइरहेको छ । १० मध्ये एउटा सर्कलमा जमीनमुनि करीब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा त्यही अनुपातमा काममा तीव्रता दिएको छ ।”
जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग जनाएको छ ।

अन्वेषणका तीन वटा साइस्मिक सर्भे सम्पन्न भएका छन् । पूर्वपश्चिम उत्तरदक्षिणका विभिन्न भूभागमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु गरिएको छ । दश वटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको छ । एउटा लाइनमा ४०० वर्गमिटर भूभाग समेटिइ सर्भेको काम भइरहेको विभागले जनाएको छ ।
अन्वेषण अधिकृत डा त्रिपाठीले भन्नुभयो, “तीन साइस्मिक सर्भेको काम सम्पन्न भएको छ ।” अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दिशामा गरी १० वटा साइस्मिक लाइन खनिएका छन् ।  बाँकी रहेका सात वटा साइस्मिक लाइनमा काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर अध्ययन लागि पुनःविशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जनाएको छ । ब
अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्रेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङजस्ता काम सम्पन्नपश्चात् महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम अहिले शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आश्वासन धेरै, उपलब्धि न्यून—सरकारको समीक्षा कडा

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com